पोखरा । पोखरा नागढुङ्गामा सबै किसिमका सवारीसाधनका लागि हुने टायरको आउटलेट तालबाराही अटोमोबाइल्स सञ्चालनमा आएको छ । पोखराको चाउथेमा रहेको भद्रकाली टायर रिसोलिङ ले आफ्नो शाखा विस्तार गरेको हो । बजारको मागलाई मध्यनजर गरि पोखरा नागढुङ्गामा शाखा विस्तार गरेको युवा व्यवसायी हुमबहादुर खत्री ‘अर्जुन’ ले जानकारी दिए ।
विगत १३ वर्ष देखि टायर रिसोलिङ तथा बस ट्रकको नयाँ टायरको सेवा दिँदै आएको कम्पनीले नागढुङ्गा शाखाबाट मोटरसाइकल, स्कुटर, कार, जिप, भ्यान लगायत सम्पूर्ण सवारी साधनको जुनसुकै साइटका नयाँ टायर बिक्री केन्द्रबाट सेवा शुरु गरेको हो । उक्त शाखाबाट इन्डियन तथा चाइनिज ब्रान्डका टायर बिक्री हुनेछ । पोखरा बजार तथा सिद्धार्थ हाइवे लक्षित गरि सेवा विस्तार गरिएको अर्का सञ्चालक हितेष अधिकारीले जानकारी दिए ।
विस्तारित शाखामा भद्रकाली टायर रिसोलिङबाट दिदैँ आएको सेवालाई यथावत राख्दै मोटरसाइकलदेखि बस, ट्रक तथा ट्रयाक्टरका सम्पूर्ण साइजका टायर सर्वसुलभ तथा सुपथ मूल्य उपलब्ध गराएको सञ्चालक हुमबहादुर खत्री ‘अर्जुन’ बताए ।
अत्याधुनिक हाइड्रोलिक प्रविधिबाट टायर खोल्ने फिटिङ गर्ने, निशुल्क खोल्ने तथा फिटिङ गर्ने, टायरको हावा चेक गर्ने, टायर सम्बन्धी सम्पूर्ण परामर्श सेवा प्रदान गरिएको छ । निकट भविष्यमा आधुनिक प्रविधिको भाइकिंग गाडी को टयुबलेस टायर रिसोलिंग को सुरुवात गर्ने पनि केसीको योजना छ ।
