पोखरा । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयको नाम सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस भएको छ ।
शुक्रबार बसेको न्यायपरिषद्को बैठकले सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि उनीहरूको नाम सिफारिस गरेको हो । बैठकले १४ जना उच्च अदालतका न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।
यसैगरी राजस्व न्यायाधीकरण नेपालगन्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश सुवास पौडेल र वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई तोक्ने निर्णय समेत बैठकले गरेको न्याय परिषद स्रोतले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1