काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०५८ साल देखिको परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रह पछि त्रिभुवन विश्वविद्यालयले मङ्गलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरेर सो जानकारी गराएको हो।
त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसिको अध्यक्षतामा समितिको २०८१ असोज सात गते बसेको बैठकले मौका परीक्षाको ब्यवस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ।
प्रकाशित सूचनामा मानविकी तथा सामाजिक शास्त्र,व्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका वि.स.२०५८ साल देखीका वार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका विद्यार्थीको लागि एकपटक मौका परीक्षा सन्चार गर्ने भएको उल्लेख छ ।
साथै त्रि.वि.बाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा ‘एआई’ को प्रयोग भेटिएमा परीक्षा रद्द हुने समेत जनाएको छ ।