पोखरा । लागूऔषधको कारोबार गरेको आरोपमा तीन जना कास्कीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनिष श्रेष्ठ, अजय पुन र विशाल राई पक्राउ परेका हुन् । श्रेष्ठ र पुनलाई पोखरा १८ सराङ्कोटमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्र.ना.उ.बसन्त कुमार शर्माले जानकारी दिए ।

सराङकोटमा होटल सञ्चालन गरी बस्ने वर्ष ३५ का श्रेष्ठले लुकाई छिपाइ राखेको लागूऔषध गाँजाको धुलो (पोल्याण्ड) २ के.जी. ७ सय २५ ग्राम फेला परेको र सो सम्बन्धमा उनीसँग सोधपुछ गर्दा म्याग्दी मालिका गाउँपालिका वडा नं. २ मा बस्ने बर्ष २३ का पुनले ल्याएको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ ।

राई कास्की अन्नपूर्ण गाउँपालिका वडा नं.०५ नयाँपुल स्थित सडक खण्डमा प्रहरी चौकी नयाँपुल कास्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँज गर्ने क्रममा पक्राउ परेका हुन् । कुश्मा नगरपालिका वडा नं.०२ अर्मादी बस्ने बर्ष २२ को राईलाई खानतलासी गर्दा निजले लगाएको पाइन्टमा १० पत्ता (१०० चक्की) र निजले भिरेको झोला भित्र लुकाई छिपाई राखेको सोही नाम गरेको लागू औषध ११ पत्ता (११० चक्की) गरी जम्मा २१० चक्की लागूऔषध फेला परेको बताइएको छ ।

लागूऔषधको कारोबार गरेको आरोपमा पक्राउ परेका तीनजनालाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा पहिलोपटक पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको सूचना अधिकारी शर्माले खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0