पोखरा । महिला उद्यमी सङ्घ नेपाल, कास्कीले सफल महिला उद्यमीहरूलाई सम्मान गरेको छ । सङ्घको नवौँ साधारण सभाको अवसरमा सङ्घले सफल महिला उद्यमीहरूलाई सम्मानपत्र र सल तथा खादा ओढाएर सम्मान गरेको हो । सङ्घले नेपाली ढाका उद्योगकी सञ्चालिका मनमाया सुवेदीलाई उत्कृष्ट सफल महिला उद्यमी घोषणा गर्दै सम्मान गरेको छ ।

त्यस्तै, गण्डकी प्रदेश सभाकी संस्थापक सदस्यसमेत रहेकी पोखराको सबैभन्दा पुरानो हङकङ ब्युटी इन्स्टिच्युटकी सञ्चालिका मीना गुरुङ, विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालिका सविता श्रेष्ठ रञ्जित, स्वस्तिक हस्तकला उद्योगकी सञ्चालिका सीता गुरुङ, ऋतु सौगातकी सञ्चालिका सुन्ति पुर्जा, कर्णाली गार्मेन्ट उद्योगकी सञ्चालिका गीता नाथ योगीलाई सम्मान गरेको छ ।

त्यस्तै, सङ्घले अतिथि झोला तथा गार्मेन्ट उद्योगकी सञ्चालिका पार्वती थापा बस्नेत, न्यू मिलिनियम एकेडेमीकी सञ्चालिका कृष्णकुमारी पहारी र पुष्पाञ्जली कस्मेटिक तथा श्रृंगारकी सञ्चालिका पुष्पा मरासिनीलाई पनि सम्मान गरेको सङ्घकी अध्यक्ष सरु बरालले जानकारी दिइन् ।

साधारण सभामा नयाँ सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो । सो अवसरमा ब्युटीपार्लर सम्बन्धी ३ महिने तालिममा सहभागी तथा लेवलिङ र प्याकेजिङ तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको अध्यक्ष बरालले जानकारी दिइन् ।

साधारण सभामा महिला उद्यमी सङ्घको ७० जिल्ला शाखामध्ये सर्वोत्कृष्ट हुन सफल महिला उद्यमी सङ्घ तनहुँलाई सम्मान गरिएको थियो । महिला उद्यमी सङ्घ नेपालको साधारण सभामा तनहुँ शाखा सर्वोत्कृष्ट हुँदा कास्की शाखा भने दोश्रो हुन सफल भएको थियो ।

सङ्घ कास्कीकी अध्यक्ष शारदा बराल (सरु)को अध्यक्षता तथा महासचिव बालकुमारी गुरुङले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, महासचिव शोभा गौतम, पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया, पोखरा महानगर व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, महिला उद्यमी सङ्घ कास्कीकी संस्थापक अध्यक्ष मीना गुरुङ, निवर्तमान अध्यक्ष पार्वती पौडेल रेग्मी, पर्यटन व्यवसायी महिला सङ्घकी अध्यक्ष कमला गिरीलगायतले बोलेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0