पोखरा । गण्डकी प्रदेश जिम्न्यास्टिक सङ्घको शनिवार सम्पन्न प्रथम अधिवेशनले योगेन्द्र  गुरुङको अध्यक्षतामा  निर्विरोध नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ, सहकोषाध्यक्षमा सिता काफ्ले रेग्मी चयन भए ।

समितिको सदस्यहरूमा थमन थापा, मनिष श्रेष्ठ, विनोद गुरुङ, रविन्द्र तझ्या, विक्रम केसी, निरू भट्टराई, समीक्षा बुढाथोकी, विशाल पुन र दिलिप गुरुङ रहेका छन् ।

यसैगरी कास्की जिल्ला जिम्न्यास्टिक सङ्घको विशेष साधारण सभाले सोमबहादुर साइको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्षमा एनशोभा गुरुङ, सचिवमा गौतम चौधरी, कोषाध्यक्षमा सुर्वणराज पन्त, सहकोषाध्यक्षमा सरस्वती साइ चयन भएका छन् । समितिको सदस्यहरूमा रोशन पुन, सेजल जोजिजु, मिनबहादुर थापा, अंशु शेर्पा, दिपेश राना, रामबहादुर क्षेत्री, कमला गुरुङ र बालकुमारी गुरुङ रहेका छन् ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक गण्डकी प्रदेश जिम्न्यास्टिक सङ्घका सल्लाहकार केशवशरण पौडेल तथा गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठक, जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य राजन वड्गामीले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ खुवाए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले जिम्न्यास्टिक सङ्घको क्रियाशीलताले सुस्ताएको खेलले गतिशीलता पाएको बताए । ‘स्रोत र साधन कम छ तर काम धेरै गर्नुपर्नेछ’ उपाध्यक्ष गुरुङले भने, ‘भएका स्रोत र सधानलाई प्रयोग गर्दै खेललाई विस्तार गर्न यहाँहरूको भूमिका महत्वपूर्ण रहेको छ ।’ गण्डकी प्रदेश खेलकुद परिषद् यहाँहरूले गरेका कार्यक्रममा सहयात्रा गरेर अघि बढ्न तयार रहेको उनले बताए ।

गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठकले १० औ राष्ट्रिय खेलकुद महोत्सवलाई ताकेता गरेर खेलाडी उत्पादन गर्न सङ्घलाई आग्रह गरे । कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख सुनबहादुर लामाले सवै खेलको मदर खेलको रुपमा जिम्न्यास्टिक रहेकोले जिम्न्यास्टिक खेल खेलाउनका लागि व्यवस्थित हलको आवश्यकता रहेको औल्याए ।

गण्डकी प्रदेश जिम्न्यास्टिक सङ्घका सल्लाहकार केशवशरण पौडेलले संस्था गठन भएको छोटो समयमा उत्कृष्ट कार्य गरेको बताए । गण्डकी प्रदेश जिम्न्यास्टिक सङ्घका अध्यक्ष योगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु केसीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0