पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घका नव निर्वाचित अध्यक्ष गोकर्ण कार्कीले व्यवसायीलाई परेको समस्या समाधान गर्न आफू चौबिसे घण्टा खट्न तयार रहेको बताएका छन्। बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले नवनिर्वाचित अध्यक्ष कार्की लगायत कार्यसमितिलाई बधाई तथा स्वागत गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।  अध्यक्ष कार्कीले व्यवसायीको हकहितका लागि नेपाल सरकार लगायत पोखरा महानगरपालिका साथै विभिन्न सङ्घ संस्थासँग सहकार्य गर्दै काम गर्ने बताए ।  आफ्नो जित सम्पूर्ण व्यवसायीको जित भएको बताउँदै आफू सँधै व्यवसायीको साथमा रहेको सुनाए ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैँ बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले पोखरा उद्योग वाणिज्य सङ्घले गर्ने हरेक राम्रा कामको साथमा बुद्ध विशाल बजार व्यापारिक एशोसियसन साथमा रहेको बताउँदै उद्योग वाणिज्य सङ्घले गर्ने नराम्रा कामको लागी एशोसियसनले खबरदारी गर्ने बताए । खत्रीले व्यवसायमा पार्किङको समस्या रहेको हुनाले उद्योग वाणिज्य सङ्घले सहजीकरण गर्नुपर्ने बताए ।

 पोखरा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष पवन प्रजापतिले घर बहाल कर लगायत विभिन्न करका समस्याहरू रहेको बताउँदै यस बारेमा बारेमा पोखरा महानगरपालिकासँग मिलेर काम गर्न सङ्घलाई आग्रह गरे । प्रजापतिले बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले आफूलाई जुन सम्मान गरेको छ त्यसको लागी धन्यवाद दिदैँ व्यवसायीहरूलाई फुटेर हैन जुटेर काम गर्न आग्रह गरे । 

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष पवन प्रजापतिलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकोमा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले सम्मान गरेको थियो । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष इन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा एशोसियसनका उपाध्यक्ष बुद्वि बहादुर कुँवरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन एशोसियसनका सचिव थमन सिह गुरुङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0