पोखरा । युनाइटेड क्लब पोखराले विभिन्न उपसमिति तथा सल्लाहकारहरू चयन गरेको छ । क्लबको हालै सम्पन्न सातौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न पदाधिकारीहरूको पहिलो बैठकले क्लबको विभिन्न उप समिति सँगै सल्लाहकारहरु चयन गरेको हो ।

जस अन्तर्गत क्लबको पर्यटन प्रवर्द्धन उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, भौतिक निर्माण उपसमिति संयोजकमा संस्थापक अध्यक्ष हिमालय बख्रेल, खेलकुद उपसमिति संयोजकमा पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, शिक्षा उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, विपद व्यवस्थापन उपसमिति संयोजकमा द्वितीय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, स्वास्थ्य उपसमिति संयोजकमा कार्यसमिति सदस्य विष्णु कुमार गुरुङ, महिला उपसमिति संयोजकमा कार्य समिति सदस्य शान्ति सुवेदी र युवा उपसमिति संयोजकमा कार्यसमिति सदस्य बुद्ध कार्की चयन भएका छन ।

त्यसैगरी क्लबले निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, पूर्व अध्यक्ष लालकाजी गुरुङ, रमेश बहादुर कार्की, राजेन्द्र बहादुर थापा, सुशीलराज पराजुली, लिलाधर अधिकारी र गोविन्द घिमिरेलाई सल्लाहकार चयन गरेको क्लबका महासचिव दिनेश सुनारले जानकारी दिए ।

क्लबको बैठकले १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुषको अन्तिम साता आयोजना गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0