पोखरा । नेपाल पत्रकार महासङ्घको निर्वाचनको लागि कार्यतालिका सार्वजनिक भएको छ । पटक-पटक मिति सर्दै आएकोमा पछिल्लोपटक संशोधन गरिएको असोज १२ गतेको मितिमा निर्वाचन गर्नको लागि केन्द्रिय निर्वाचन समिति २०८१ ले शनिबार कार्यतालिका प्रकाशित गरेको हो ।

केन्द्रिय समितिको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते हुनेछ । प्रदेश समितिको लागि मनोनयन दर्ताको मिति असोज ८ गतेलाई तोकिएको छ । संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखाको लागि मनोनयन दर्ता असोज १० गते हुनेछ ।

मतदान असोज १२ गते बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म देशभर एकसाथ गरिनेछ । कार्यतालिका अनुसार मतदाता नामावली शनिबार प्रकाशन भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0