पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ३५ औं महाधिवेशनबाट नयाँ नेतृत्व छान्नको लागि मतदान सम्पन्न भएको छ । शनिबार बिहान ८ बजेबाट सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म चलेको थियो । मतदान कार्यमा ६ सय ५६ जना मतदाता भने अनुपस्थित रहेका छन् ।

कुल २ हजार ९ सय ७ जना मतदाता रहेकोमा २ हजार २ सय ५१ मत खसेको पोखरा उद्योग वाणिज्य सङ्घ स्राेतले जनाएको छ । निर्वाचन पश्चात बसेको उम्मेदवारहरू सहितको बैठकले मतगणना कार्य आइतबार बिहानबाट सुरु गर्ने निर्णय गरेको निर्वाचन समितिले जनाएको छ ।

सङ्घको नेतृत्वको लागि गोकर्ण कार्की र अर्जुन पोखरेलबीच प्रतिष्पर्धा रहेको छ । यसैगरी उपमहासचिवमा सुदीप प्रधानाङ्ग र बालकृष्ण कोइरालाको प्रतिष्पर्धा छ । १० जना कार्यसमितिको सदस्यको लागि १४ जना उम्मेदवारी परेको थियो । बाँकी पदमा भने सर्वसम्मति भइसेकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0