पोखरा । नेपाली काँग्रेस कास्कीले विज्ञप्ति निकाली कास्कीको मादी गाउँ पालिका वडा नं.११, उपल्लो साप्लेमा नेकपा एमालेद्वारा आयोजित निर्वाचन सभाको क्रममा गाडीमा ढुङ्गा प्रहार गरी क्षति पुर्‍याईएको भन्ने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा कुनै पनि राजनीतिक दलको कार्यक्रमस्थल वा सम्पत्तिमाथि आक्रमण हुनु दुःखद विषय भएको उल्लेख छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाप्रति दुःख व्यक्त गर्दै शान्तिपूर्ण र मर्यादित राजनीतिक अभ्यासका लागि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ ।

घटनाको निष्पक्ष छानविन भई सत्य तथ्य सार्वजनिक होस् भन्ने हाम्रो माग रहेको छ । यदि यस घटनामा हाम्रो पार्टीसँग आवद्ध कुनै व्यक्ति संलग्न पाइएमा पार्टीले आवश्यक अनुशासनात्मक कदम चाल्ने स्पष्ट गर्दछौँ । विज्ञप्तिमा निर्वाचन लोकतन्त्रको पर्व भएकाले यसलाई शान्तिपूर्ण मर्यादित र मूल्यमा आधारित बनाउन सबै राजनीतिक शक्ति र कार्यकर्ताहरू जिम्मेवार बन्न आवश्यक छ भनिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0