पोखरा । मानवता नै सबैभन्दा ठूलो धर्म भएको सन्देश दिँदै रसुवा बाढीपहिरो पीडितको राहत, सहयोग तथा पुनर्स्थापनाका लागि माता ताल बाराही आरती सेवा समितिले २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ।

देश नै आहत बनेको कठिन परिस्थितिमा बाढीपहिरोबाट प्रभावित नागरिकको पीडालाई मनन गर्दै समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो।

प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थामा पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको समितिले जनाएको छ। मानवीय संवेदना र सहयोगी भावनाका साथ विपद्को समयमा एकजुट हुनुपर्ने आवश्यकता महसुस गरी सहयोग रकम प्रदान गरिएको समितिको भनाइ छ।

समितिले विपद्को समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्न सबैलाई आग्रह गर्दै पीडितको राहत, उद्धार र पुनर्स्थापनामा राज्यसँगै नागरिक तथा सामाजिक संघसंस्थाको समेत महत्वपूर्ण भूमिका रहने जनाएको छ।

माता ताल बाराही सेवा समितिको यो सहयोगले विपत्तिमा परेका रसुवाका नागरिकको राहत तथा पुनर्स्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0