पोखरा । नेपाली काँग्रेसले फागुन १५ गते शुक्रबार पोखराको अमरसिंह चौरमा चुनावी सभा गर्ने भएको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले सभाको तयारी अघि बढाउने निर्णय गर्दै चुनावी सभा व्यवस्थापन समिति गठन गरेको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । सभालाई नेपाली काँग्रेसका सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले सम्बोधन गर्नेछन् ।

नेपाली काँग्रेसका महासमिति सदस्य दीपक गुरुङ माइलाको संयोजकत्वमा गठित समितिको सदस्यहरूमा माया बराल क्षेत्री , दुर्गा लामिछाने, मदन बस्नेत, पुजन थकाली, विजय गुरुङ र मेख तामाङ रहेका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीका तीन निर्वाचन क्षेत्र मध्य क्षेत्र नं १ मा तिलक रानाभाट, क्षेत्र नं २ मा माधव प्रसाद बास्तोला मधु र क्षेत्र नं ३ मा मनोज  गुरुङ र समानुपातिक तर्फ आई बहादुर गुरुङ उम्मेद्वार छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0