पोखरा । नेकपा ( एमाले ) कास्की क्षेत्र न २ का उम्मेदवार रश्मि आचार्यले एमालेलाई कमजोर पार्ने दिवा सपना नदेख्न र एक ढिक्का भएर चुनावमा होमिएको बताएका छन्। कास्कीमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृष्ण थापाको नेतृत्वमा चुनावी अभियानमा रहेको उल्लेख गर्दै उनले आफ्नो पार्टीका नेता कार्यकर्ता र कास्की दुई बासिको भरपर्दो र अग्रज नेताहरूको रहरलाग्दो साथले आफ्नो विजय सुनिश्चित भैसकेको बताए।
कास्की क्षेत्र न दुईमा एमाले कमजोर भएको भन्ने निराधार हल्लालाई भेटघाटको क्रममा क्षेत्रबासीको असिम माया र प्रेरणाले असत्य साबित गरिसकेको भन्दै उम्मेदवार आचार्यले जनसाथले नै आफ्नो विजय यात्रा घनिभूत हुँदै गरेको दाबी गरे। एमाले एकजुट भएर चुनावी मैदानमा छ । कसैले हल्ला फैलाउँदैमा एमाले कमजोर बन्दैन । भारी मतका साथ जित्नेमा ढुक्क छु । युवा पुस्ताको भावना समेट्दै सम्वृद्धिको बाटोमा एमाले लम्केको छ । रहेका छौ उनले भने ।
आफ्नो स्पष्ट योजना र समृद्धिको खाका लिएर जनता समक्ष पुगेका उम्मेदवार आचार्यले सोमबार पोखरा महानगर पालिका वडा न ११ मा उक्त कुरा बताएका हुन।
एमाले सधैँ विचार, योजना र जन अपेक्षा मुताबिक चल्ने पार्टी भएको हुँदा कास्की क्षेत्र न २ का जनताको चाहना अनुसार आफू उम्मेदवार बनेको स्मरण गर्दै जस्ता जुकै अफबाह र हल्लाहरू फिँजाइए पनि तपाइहरूको यो प्रचुर मायाले सबै हल्ला गलत साबित भएका छन्। उनले थपे
कास्की क्षेत्र न २ को मध्यभागमा रहेको सुन्दर पर्यटनको केन्द्रको रूपमा बिकसित हुँदै गरेको काहु डाडा अब उत्तरतिरको भाग र दक्षिणतिरको भागलाई जोड्ने ” “लिन्किङ हिल” बनाउनु पर्छ आचार्यले भने ।सान्स्कृतिक र धार्मिक पर्यटनको बिकास ,बिस्तार र प्रचारमा काँहु सहित पोखरा एघारको क्षेत्र विशेष बन्न सक्ने भन्दै आचार्यले विकासको गति प्रभावकारी र परिणाममुखी बनाउन आफू कटिबद्धताका साथ लाग्ने उल्लेख गरे।
















