पोखरा । साइबर सुरक्षा सम्बन्धी तिन दिने तालिम सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना , प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासङ्घ कास्कीको प्राविधिक सहयोगमा कास्कीमा क्रियाशील पत्रकारहरूका लागि तालिम सञ्चालन गरिएको हो ।

तालिमको शुभारम्भ गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले डिजिटल युगमा साइबर अपराध चुनौतीको रुपमा रहेकोले यसबाट बच्न हरेक व्यक्तिलाई साइबर सुरक्षाबारे जानकारी हुन पर्ने बताइन् । सञ्चार माध्यममा आवद्द पत्रकारहरूलाई लक्षित गरि आयोजना गरिएको तालिमले सञ्चार जगतलाई मात्र नभएर समाज र राज्यसंयन्त्रलाई पनि साइबरजन्य अपराध बाट बच्न तथा डिजिटल सुरक्षा अपनाउन सहयोग पुग्ने बताइन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल तालिमले पत्रकार स्वयंलाई डिजिटल प्रविधि मार्फत हुने ठगी र सुरक्षा चुनौतीबाट बच्न टेवा पुग्ने बताउँदै तालिमको शुभकामना दिइन् । क्यान महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष गुणानिधि पाण्डेले अहिलेको युगमा साइबर सुरक्षा तालिम निकै महत्वपूर्ण भएको बताउँदै पत्रकार महासङ्घ कास्कीलाई तालिम आयोजना गरि आफ्नो संस्थालाई पनि जोडेकोमा खुसी व्यक्त गरे ।

साइबर सुरक्षा सम्बन्धी सहजिकरण गर्दै गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका उप प्राध्यापक ई.सन्तोष पन्थले ससाना आफैले अपनाउन सकिने सावधानी नअपनाउदा धेरै व्यक्ति साइबर अपराधको सिकार हुनु परेको बताउदै डिजिटल सिकारबाट बच्न पहिला आफै सजग हुन पर्ने बताए । उनले इन्टरनेटका माध्यमबाट हुने ह्याकिङ, डाटा चोरी, भाइरस आक्रमण, अनधिकृत पहुँच जस्ता जोखिमबाट बच्ने प्रक्रिया र उपायबारे जानकारी दिए ।

तालिममा बैङ्कीङ सम्बन्धी डिजिटल सुरक्षाका बारेमा नबिल बैङ्क गण्डकी प्रदेश प्रमुख हरि ढकालले सहजिकरण गरे । तिन दिन सम्म सञ्चालन हुने तालिममा विभिन्न सञ्चारमाध्यममा आवद्घ ७० जना पत्रकार एवम् सञ्चारकर्मीको सहभागिता रहेको छ ।

नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सुरु भएको तालिममा स्वागत उपाध्यक्ष माधवप्रसाद रेग्मी र सञ्चालन सहसचिव मधु अधिकारीले गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0