पोखरा । पोखरा १३ लामोडहरमा रहेको गण्डकी आदर्श एकेडेमीले आफ्नो २७ ‍‍औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिहीवार स्कुल परिसरमा  बिभिन्न कार्यक्रमहरू समावेश गरि  वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको भाइस प्रिन्सिपल जित बहादुर थापाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै  प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका उपकुलपति डा. कृष्णराज अधिकारीले गण्डकी आदर्श एकेडेमीले शैक्षिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए। उनले विद्यालयले अनुशासन, गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापलाई सँगसँगै अघि बढाउँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

विद्यालयका अध्यक्ष खड्क बहादुर गुरुङले  विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक, अभिभावक र विद्यार्थीको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक मञ्जु सापकोटाले विद्यालयको २७ वर्षे शैक्षिक यात्राले अनुशासन, गुणस्तरीय शिक्षा र जीवनोपयोगी सीपमा आधारित शिक्षालाई प्राथमिकतामा राख्दै आएको बताइन  । उनले नयाँ व्यवस्थापन सगैँ अहिले विद्यालय सञ्चालन भएको बताउँदै विद्यालय र समुदाय बिच सुमधुर सम्बन्ध बनाई अगाडि बढ्ने उल्लेख गरिन् ।

कार्यकारी  निर्देशक कृष्णराज सापकोटाले बदलिँदो समयअनुसार प्रविधिमैत्री शिक्षण पद्धति अवलम्बन गर्दै विद्यार्थीको समग्र विकासमा जोड दिइएको उल्लेख गरे ।  “विद्यालय केवल परीक्षामा उत्कृष्ट नतिजा ल्याउने थलो मात्र होइन, असल नागरिक उत्पादन गर्ने थलो पनि हो,” सापकोटाको भनाइ थियो।

कार्यक्रममा ग्लोबल कलिजियट स्कुलका प्रार्चाय बाबुराम पन्तले शिक्षक, अभिभावक र विद्यालय प्रशासनबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।

अभिभावक सन्दिप पुन मगरले शिक्षक–अभिभावकबीचको नियमित संवाद र सहकार्यलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै विद्यालय प्रशासनप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा हिसान कास्कीका अध्यक्षय दिवाकर जैसी, पोखरा पब्लिक स्कुलका अध्यक्ष कृष्ण केसी , ताराकुञ्ज स्कुलका प्रमुख रवि मोहन वराल, शिक्षकहरु रुपिन्द्र प्रभावी, बर्षा गुरुङ, सञ्चालक समितिका सदश्यहरु, बिभिन्न टोल समुहका प्रमुख, अभिभावक शिक्षक र विद्यार्थीहरूको उल्लेख सहभागिता रहेको थियो ।  कार्यक्रममा प्रि नर्सरी देखि कक्षा १२ सम्मका  विद्यार्थीहरूले बिभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए भने बिभिन्न विधामा उत्कृष्ट हुनेहरूलाई पुरस्कार बितरण गरिएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0