पोखरा । एस ओ एस हर्मन माइनर स्कुल गण्डकीको प्रस्तुतिको नाटक ‘किताबभित्र, किताबबाहिर‘ पोखरामा मञ्चन भइरहेको छ । पोखरा थिएटरले आयोजना गरेको छैटौँ संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव २०८२’ मा यो नाटक मञ्चन भइरहेको छ। टंक चौलागाईंले लेखेको नाटक उत्सर्ग सुवेदीको निर्देशनमा तयार भएको छ ।  नाटकमा कोरियोग्राफी श्रद्धा अधिकारीले गरेकी छन् ।

 नाटकमा सफलता न्यौपाने, आयुष पाण्डे, मिसन भट्ट, असम परियार, प्रतिमा पन्थ, दिपिका अधिकारी, सुभम राज बाँस्तोला, प्राप्ति पौडेल, प्रशिष खनाल, शश्वत पराजुली, दिप सेवा, आयुष अधिकार, आशुतोष अर्याल, सिम्रन खड्का, विदुषी सुवेदी, प्रनिशा अर्याल, दिपरक्षा अर्याल, रोजमेरी खड्की, सुस्मिता पोख्रेल, विशाल बराईली, जेसीका आचार्य, विविशा पौडेल, आयुष कुमार के.सी, सिम्रन थापा, आर्या पौडेल, आरोज्ञा शर्माको अभिनय रहेको छ ।

यो नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा माघ १५ र १६ गते गरेर पाँच सो मञ्चन हुनेछ । १५ गते बिहान बिहान साढे १० बजे, मध्याह्न १२ बजे र दिउँसो साढे १ बजे र १६ गते साढे १० बजे र दिउँसो साढे ३ बजे यो नाटक मञ्चन हुने निर्देशक सुवेदीले जानकारी दिए ।

छैटौँ संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव २०८२’मा नाटक ‘किताबभित्र, किताबबाहिर‘ का अलावा भानुभक्त आवासीय माविको  ‘रोल नम्बर ४’, माउन्ट अन्नपूर्ण मावि नदीपुरको ‘त्यो फेरि फर्कला’, छोरेपाटन मावि छोरेपाटनको पार्वती, कास्की मोडनाइज्ड एकेडेमी चाउथेको यमद्वार, सोसल पब्लिक स्कुलको ‘किनारा बिहीन किनारा’ र प्रगति माध्यामिक विद्यालयको भात नाटक सहभागी छन् । यी मध्ये केही नाटक मञ्चन भइसके भने केही हुने तयारीमा रहेको पोखरा थिएटरका संस्थापक अध्यक्ष तथा महोत्सव संयोजक परिवर्तनले जानकारी दिए ।

माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा  कक्षामा मञ्च, पढाइको पासवर्ड के हो, द पावर बिहाइन्ड द स्कुल गरी तीनवटा संवाद कार्यक्रम, अभिनय प्रतियोगिता, टिचर अनप्लग्ड लगायत  आकर्षणको रुपमा राखिएको छ । माघ १० गते उद्‌घाटन भएको महोत्सव माघ १९ गते समापन हुनेछ । ‘नाटकबाट शिक्षा, सिकाइमा नवीनता’ नाराका साथ महोत्सव आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0