पोखरा । सर्जक गीता गौतमको जय जय भोले शङ्कर भजन लोकार्पण भएको छ । भक्ति सङ्गीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरा ६ बैदाममा अवस्थित केदारेश्वर महादेव मन्दिर परिसरमा उक्त लोक भजन लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।
भजनको लोकार्पण गर्दै केदारेश्वर मन्दिरका पिठाधीश स्वामी डा। चिद्घन चैतन्यले केदारेश्वर गुरुकुलकी शिक्षिका समेत रहेकी गीता गौतमले परिकल्पना गरि निमार्ण गरिएको गीतले समाजमा भक्तिभाव फैलाउन मदत पुग्ने विश्वास व्यक्त गरे । उनले मन्दिर परिसरमै छायाँकङ्न भएकोले यसको प्रचारप्रसारमा पनि टेवा पुग्ने बताए । धर्म, संस्कृति र संस्कार जोगाउन बोलेर होइन आफ्नो आचरण र व्यवहार सुधारेर सबै नेपाली लाग्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा धार्मिक अभियन्ता एवम् अग्रज पत्रकार रविन्द्र माकाजु, लक्ष्मण पौडेल , लोकार्पण कार्यक्रम संयोजनकर्ता राधा कुँवर लगायतले शुभकामना दिएका थिए ।
सर्जक गीता गौतमले यस अघि आफ्नो तिजे कोसेली बोलबम (विहानै उठेर) ल्याएको बताउँदै अहिले जय जय भोले शङ्कर आफ्नै लय, शब्द र स्वरमा ल्याएको बताइन्। उक्त भजनमा गणेश भण्डारीको साथमा पार्वती थापा, अमृता काफ्ले, पुष्प न्यौपाने, शिशिर लुइटेलले समेत आवाज दिएका छन् । भजनको भिडियो निर्देशन राम बास्तोलाले गरेका हुन ।
भक्ति सङ्गीत प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी गिरी र सञ्चालन सचिव पिङ्गला भट्टले गरेकी थिइन्।
















