पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्‌घाटन गरे । महोत्सवको उद्‌घाटन गर्दै मेयर आचार्यले सवै उमेर समुहलाई समेटेर वडाको खेलकुद गतिविधिलाई समेट्ने गरी वडा खेलकुद महोत्सवको आयोजना गरी खेलकुद महोत्सव आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।

वडा नं १५ संस्कृतिमा धेरै धनी रहेको वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस, ८ दशकको इतिहास बोकेको आइएनएफ हस्पिटल, सिद्ध परोपकार सहितको वैदिक गुरुकुल देखि आधुनिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्था समेत पोखरा १५ मा रहेको र सबैलाई समेटेर वडाले कार्यविधि बनाएर खेलकुदको गतिविधि गराएकोमा वडा अध्यक्षलाई धन्यवाद व्यक्त गरे ।

खेलकुदका गतिविधि सँगै खेलकुदमा ख्याति कमाएका व्यक्तित्वहरूलाई समेत सम्मान गरेर सह्रानीय काम गरेको मेयरको भनाइ रहेको थियो । महानगरका ३३ वटै वडामा हरेक वडा एक कार्यक्रम गर्ने उद्देश्य सहित काम गरिरहँदा पोखरा १५ ले खेलकुद क्षेत्रलाई समेटेर अगाडि बढेकोमा वडा प्रति आभार व्यक्त गरे ।

सो अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको विभिन्न खेलकुदमा सहभागी पाँच जना खेलाडीहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा  बक्सिङका एसियन गेमका चित्र बहादुर गुरुङ, फुटबलका विजय गुरुङ, करातेका लक्ष्मण कुँवर, र सचिन बि.क. फुटबलका शिव श्रेष्ठ रहेका छन ।

त्यसैगरी खेल्छ गण्डकी अन्तर्गतको टेनिस खेलका वडा नं १५ मा रहेको अति विपन्न परिवारका ९ जना टेनिस खेलाडीहरूलाई पौष्टिक खाद्यान्न वितरण गरिएको छ । खेलाडीहरू सुमित विश्वकर्मा, आदित्त सुनार, कुस सुनार, लभ सुनार, सुप्रिया सुनार, इनुला परियार, स्वस्तिका विश्वकर्मा, अनमोल सार्की र शरण विश्वकर्मालाई पौष्टिक खाद्यान्न वितरण गरिएको हो ।

त्यसैगरी महोत्सवको पूर्व सन्ध्यामा वडा कार्यालय परिसरबाट महोत्सव स्थल बन विज्ञान अध्ययन संस्थान सम्म आयोजित झाँकी तथा र्‍याली प्रतियोगितामा  जनजागृति आमा समुह प्रथम, स्यानी मजुवा बसुन्धरा मार्ग आमा समुह द्वितीय र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पोखरा १५ तृतीय भएभने सिद्धेश्वर परोपकार गुरुकुल आश्रम र वेलनन एकेडेमीले शान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र शान्त्वना स्थान हासिल गर्नेले क्रमश नगद ५, ४, ३ र १५ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी विद्यालय तर्फ थ्री एन्जल मिसन स्कुल, सिद्ध मावि, टोल विकास तथा युवा क्लब तर्फ फलेपाटन, अलकापुर टोल विकास संस्था, युवा क्लब तर्फ गलेश्वर युवा क्लब र दिव्यज्योती क्लब उत्कृष्ट भए ।

सम्मानित तथा पुरस्कृतहरुलाई पोखरा महानगरका मेयर धनराज आचार्य, वडा अध्यक्ष तोरण बहादुर बानियाँ, वडा सदस्यहरु तथा वडा प्रतिनिधीहरुले पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले  वडाबासीलाई खेलकुदको माध्यामबाट आपसी भाइचारा अभिवृद्धिसँगै सम्पूर्ण ३३ वटै वडालाई समेट्ने उद्देश्यका साथ खेलकुद महोत्सवको आयोजना गरिएको बताए । वडाभित्र रहेका विभिन्न संघ संस्था आमा समुह, संघ संस्था, समाज, टोल बिकास, विभिन्न विद्यालयको सहभागीताले महोत्सवको उद्‌घाटन सत्र उल्लासमय बनेको उनको भनाइ रहेको थियो ।  

खेलकुद महोत्सव सँगै वडाले स्वास्थ्य शिविरलाई समेत निरन्तरता दिइरहेको र महोत्सव स्थल बनविज्ञान अध्ययन संस्थामा निशुल्क सुगर परीक्षण र प्रेसर चेकजाँचको ब्यवस्था मिलाईएको उनको भनाइ रहेको थियो । त्यसैगरी खेलकुद महोत्सवकै अवसरमा रक्तदान सँगै कुष्ट रोगको बारेमा सचेतनामुल कार्यक्रम समेत आयोजना गरिने छ ।  

खेलकुद महोत्सव अन्तर्गत माघ ६ गते देखि महिला पुरुष ब्याटमिन्टन, युनि हक्की, भलिवल, सडक दौड, साइक्लिङ, ह्वीलचियर दौड, बास्केटबल, डोरीतान लगायतका खेलहरु हुने प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए । खेलकुद महोत्सवको उद्‌घाटन खेल दिपज्याती युवा क्लब र गलेश्वर बीचको खेल निर्धारित समय बराबरीमा सकिएपछि पेनाल्टीमा ४–३ गोल अन्तरले पराजित गर्दै दिपज्योती युवा क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा अलकापुर टोल विकास संस्थाले फलेपाटन श्री १५ ४–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

त्यस्तै विद्यालय तर्फको पहिलो खेलमा सिद्ध माविले थ्री एन्जललाई ४–० गोल अन्तरले पराजित गर्यो महोत्सवमा फुटवल तर्फ टोल तथा युवा क्लब तर्फ १० र विद्यालय तर्फ ९ वटा विद्यालयको सहभागीता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0