पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा आइतबारदेखि छेलो प्रतियोगिता सुरु भएको छभने गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता समेत आइतबार देखिनै शुरु भएको छ । आइतबार विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा पोखरा स्पाइरल, सिद्ध मावि र ज्ञानगंगा स्कुलले आफ्नो प्रस्तुती राखे भने सोमबार सेन्ट मेरिज, अञ्जुली बोर्डिङ स्कुल र विभूति शिक्षा सदनको प्रस्तुती रहने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

महोत्सवको छैठौ दिन समीक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरूले भरपुर मनोरञ्जन लिए । अधिकारीसँगै लोकदोहोरी कलाकारहरू राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईं लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । साँझको लाइभ कन्सर्टमा दुर्गेश थापाको प्रस्तुतीमा युवाहरू झुमे । 

महोत्सवको सातौँ दिन सोमबार लोकदोहोरी तर्फ अर्जुन सापकोटा, चोलेन्द्र पौडेल, रामजी पौडेल, सरिता सारु मगर, केशव घिमिरे, रमा राना, आयुष परियार, मिलन दुलाल लगायतको प्रस्तुती रहने छ भने साँझको लाइभ कन्सर्टमा लेकाली ब्याण्डको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0