पोखरा । पोखरा महोत्सवबाट २५ सय मा मुक्तिनाथको यात्रा गराउने भएको छ । यात्रुहरूलाई निशुल्क खाना र खाजाको समेत ब्यवस्था मिलाइने छ । पोखराको अमरसिंह चौरमा जारी १४ औं पोखरा महोत्सव स्थलबाट पोखरादेखि जोमसोम मुक्तिनाथ यात्रामा विशेष छुट सहित मात्र २५ सयमा पोखरा मुक्तिनाथ, मुक्तिनाथ पोखरा यातायात ब्यवस्था मिलाइने भएको हो ।

अन्य समयमा एकतर्फी यात्राको भाडादर १८ सय रहेको पोखरा मुक्तिनाथ यात्रा पोखरा महोत्सव आयोजकले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी सँगको समन्वयमा पोखरा मुक्तिनाथ दुईतर्फी यात्राको ब्यवस्था २५ सयमा उपलब्ध गराएको पोखरा महोत्सवका अतिरिक्त क्रियाकलाप संयोजक गणेश खड्काले जानकारी दिए । १६ सिट क्षमता भएको ईभी हाइसमा आरामदायी यात्राको उक्त सेवा प्राप्त गर्नका लागि पोखरा महोत्सवको सचिवालयमा नाम टिपाउनु पर्नेछ ।  

उक्त बस पोखराबाट बिहान ४ बजे पोखराबाट छुट्नेछ भने साँझ ८ बजे पोखरा आइपुग्नेछ ।  यात्रुहरूलाई एक छाक शाकाहारी खाना र खाजाको ब्यवस्था महोत्सव आयोजक युनाइटेड क्लबले मिलाएको संयोजक खड्काले बताए । खड्काका अनुसार यात्रुहरू एक स्थानबाट दुई भन्दा बढी यात्रुहरू भएमा घर घरबाट पिकअप र ड्रपको ब्यवस्था गरिएको छ ।

महोत्सवको पाँचौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएका स्टलहरूको समेत कारोबार बढेको महोत्सवको अर्थ तथा स्टल व्यवस्थापन संयोजक जयराम आचार्यले जानकारी दिए ।

महोत्सवको पाँचौ दिन चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुतीमा दर्शकहरूले भरपुर मनोरञ्जन लिए । सपुत संगै शनिवार जीवन दाहाल, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, टेक क्षेत्री इन्द्रा गुरुङ, निश्चल थापा मगर, बिनिता क्षेत्री लगायतले प्रस्तुती राखेका थिएभने साँझको लाइभ कन्सर्टमा सुरताल ब्याण्ड र अनुप्रस्थाको प्रस्तुतीमा युवाहरूले भरपुर मनोरञ्जन लिए ।

महोत्सवको छैटौँ दिन लोक दोहोरी तर्फ समीक्षा अधिकारी, राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईं लगायतको प्रस्तुती रहने छ भने साँझको लाइभ कन्सर्टमा दुर्गेश थापाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0