पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेस्रो दिन हजारौं दर्शकले महोत्सवको अवलोकन गरे । महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको प्रस्तुतीमा दर्शकहरूले भरपुर मनोरञ्जन लिए । शान्तिश्री सँगै लोकदोहोरी कलाकारहरू चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, सन्तोष सुवेदी, पार्वती गुरुङ, रमेश थापा मगर लगायतले प्रस्तुती राखेका थिए ।
साँझको लाइभ कन्सर्टमा युवाहरूमा चर्चित लाहुरे आशिष रानाको प्रस्तुतीमा युवाहरूले भरपुर मनोरञ्जन लिए । महोत्सवको चौथो दिन लोकदोहोरी गायक बद्री पङ्गेनी, पार्वती जिसी, चोलेन्द्र पौडेल, कृष्ण सुवेदी, परशुराम अधिकारी, कमला सुनार, अर्चना चापागाईँ लगायतको प्रस्तुती रहनेछ भने साँझको लाइभ कन्सर्टमा डि-मर्चाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा साँझको लाइभकन्सर्टतर्फ माघ ३ गते अनुप्रस्था, माघ ४ गते दुर्गेश थापा, माघ ५ गते लेकाली ब्याण्ड, माघ ६ गते ए वाई जी, माघ ७ गते रकहेड्स, माघ ८ गते जेम्सी, माघ ९ गते सबिन राई एण्ड फारोह र माघ १० गते भी टेनको प्रस्तुती रहने छ ।
त्यसैगरी लोकदोहोरी तर्फ माघ ३ गते प्रकाश सपुत र प्रजापति पराजुली, माघ ४ गते समीक्षा अधिकारी, माघ ५ गते अर्जुन सापकोटा, माघ ६ गते प्रीति आले, माघ ७ गते शान्तारानी परियार, माघ ८ गते अस्मिता अधिकारी, माघ ९ गते सम्झना लामिछाने मगर र माघ १० गते प्रकाश दुतराजको प्रस्तुती रहने छ ।
महोत्सवमा मुख्य प्रायोजक वेटर होम एपलायन्सको स्टलबाट १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्नुका साथै सामान खरिद गर्ने उपभोक्ताहरू मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई वेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्ताले १ टनको वेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लि.भिक्ट्री वाटर डिस्पेन्सर÷मोनाको गिजर, तेश्रो भाग्यशाली उपभोक्तालाई वेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तालाई रेडियान्ट भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फ्रायर प्राप्त गर्नेछन ।
भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्वारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिनेछ । महोत्सवको प्रायोजक भिजन लिङ्क एजुकेसन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरूलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर साथै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गर्नेछन् ।
ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट प्राप्त गर्नेछन् । फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन ।
महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गर्नेछ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
















