पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा परम्परागत मौलिक खेल छेलो/ठेलो प्रतियोगिताको आयोजना हुने भएको छ । गण्डकी प्रदेशमा लोकप्रिय परम्परागत उक्त खेलको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

माघ ४ देखि ९ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, द्वितीय हुनेले नगद २५ हजार र तृतीय हुनेले नगद १० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक गणेश खड्काले जानकारी दिए ।

संयोजक खड्काका अनुसार प्रतियोगितामा भाग लिनका लागि माघ २ गते सम्म नाम दर्ता गर्नुपर्ने छ । टीम दर्ताका लागि दर्ता शुल्क २ सय ५० रहेको र माघ ४, ६, ७ र ८ गते क्वालिफाइड राउन्डबाट खेल खेलाइने र उत्कृष्ट १२ जनालाई फाइनमा प्रवेश गराइने खेल संयोजक गज बहादुर गुरुङले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0