पोखरा । माओत्से गुरुङको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र  ‘पेन्सन पट्टा’को छायाङ्कन ७५ प्रतिशत सकिएको छ । बाँकी छायाङ्कन पोखरा र चितवनमा हुने निर्देशक गुरुङले कोटखबरलाई बताए । यस चलचित्रको छायाङ्कन कास्कीको रमणीय पर्यटकीय गाउँ ताङतिङबाट सुरु भएको थियो ।

चलचित्रमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कलाकारको अभिनय रहने छ।

 माओत्से गुरुङ फिल्म प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रको  कथा निर्देशक गुरुङले नै लेखेका हुन् । मीन कोन्मे गुरुङ सिक्लेस, भोज बहादुर गुरुङ युके र सपना गुरुङको लगानी रहने सिनेमाका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ छन्।  क्यामेरामा सुसन प्रजापति र कास्टिङ डिरेक्टर सुरज तमु रहेको यो सिनेमाको सङ्गीत झुमा लिम्बू, मनोज थापा मगर र शिव बराइलीको रहेको निर्माता समेत रहेका गुरुङले बताए । यसअगाडि गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘दयारानी’ ले दर्शकको साथ पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0