पोखरा । साक यान्त मुवाथाईको आयोजनामा पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज ३’ सुरु भएको छ । शुक्रबादेखी सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रिमेडिकल, सम्झौता हस्ताक्षर, प्राविधिक जानकारी तथा फेसअफको कार्यक्रम भएको थियो ।

मुवाथाई सँगै एमएमए ९मिक्स मार्सल आट्र्स० समेत आयोजना हुने छ । प्रतियोगिताको मुख्य इभेन्ट भोलि हुँदैछ । पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करणमा केज फाइट जोडिएको छ ।

प्रतियोगितामा ३ राष्ट्रका ४८ फाइटरको सहभागिता रहेको छ । भारतका ८ शहरबाट ११ फाइटर, श्रीलंकाबाट १ र बाकी फाइटर नेपाली रहेका छन् ।
शनिबार २३ फाइट हुनेछन् । जसमा मुख्य इभेन्ट गण्डकी प्रदेशकी खेलाडी सुस्मिता थापा मगर र भारतकी सरिता राठोर बिच हुनेछ । मुख्य इभेन्टको विजेताले ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यो बाहेक नकआउट गराएमा थप ३० हजार रुपैयाँ बोनस खेलाडीले प्राप्त गर्नेछ । यस्तै अन्य फाइटमा नकआउट गरेमा १० हजार रुपैयाँ वोनस खेलाडीले पाउनेछ ।

आफु फाइटलाई लिएर निकै खुसी रहेको सुस्मिताले बताएकी छन् । उनले यस अघि भारतमा समेत पुगेर फाइट खेलेको अनुभव भएकाले भोलिको मुख्य इभेन्ट निकै प्रतिस्पर्धात्मक हुने बताइन् । उनको प्रतिद्धन्द्धी सरिता राठोरले आफु पोखरामा फाइट खेल्न पाउँदा निकै खुसी भएको सुनाउँदै सुस्मिताको फाइट आफुले देखेको कारण टक्कर दिने बताइन ।

यस्तै प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले पर्यटकीय राजधानी पोखरामा मार्सलआर्टका समर्थक र पर्यटकलाई थप आकर्षकको रुपमा केज फाइट हुने जानकारी दिए । मुआथाईमा नयाँपन दिनका लागि तेस्रो संस्करण केजमा गराएको उनले बताए । ‘फाइट नाइट आफैमा रोमाञ्चक खेल हो । पोखरा पर्यटकीय राजधानी भएकाले हामीले पर्यटन प्रबद्र्धनका लागि नै केज फाइट गर्न लागेका छौं’ उनले भने, ‘सम्भवत यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हो । हामीले यसमा प्रवेश निशुल्क गरेका छौं ।’ पोखरामा मुआथाई, एमएमए चिनाउनका लागि निशुल्क गरिएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0