पोखरा । गायक आशिष दियालीको शब्द र सङ्गीतमा तयार भएको ‘झरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा गायक खेम ढकाल र गायिका कविता बराइलीले आवाज दिएका छन्। दुवैको मधुर र भावनात्मक गायनले गीतलाई थप प्रभावकारी बनाएको छ।

गीतको म्युजिक भिडियो पोखराका विभिन्न सुन्दर स्थानहरूमा छायाङ्कन गरिएको हो। भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन्। प्रेमभाव र कथानकलाई सहज तरिकाले प्रस्तुत गरिएको यो भिडियोमा कलाकारहरूले स्वभाविक अभिनय देखाएका छन्।

भिडियोमा ब्लगर सन्तोष दुवाडी, कविता अधिकारी र सविन गायकको भूमिका प्रमुख छ । जसमा चर्चित कलाकार प्रकाश घिमिरेले साथ दिएका छन् । राजु अधिकारी, क्षेत्र बहादुर गुरुङ र नितु परियारको समेत अभिनय रहेको गीतबाट निर्माण पक्ष आशावादी देखिन्छ ।

भिडियोको छायाङ्कन प्रकाश गुरुङ काशले गरेका छन्। पोखराको प्राकृतिक सुन्दरता र कलाकारहरूको अभिव्यक्तिलाई आकर्षक रूपमा कैद गर्न उनी सफल देखिन्छन्।
गीत र भिडियो दुवै मिलेर राम्रो निर्माण भएको यो ‘झरी’ गीतलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ । गीतलाई आशिष दियालीको अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

भिडीयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0