पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकीको अध्यक्षमा माया गुरुङ निर्विरोध निर्वाचित भएकी छन् । शनिबार पोखरा न्युरोडमा रहेको सिटी पार्टी प्यालेसमा आयोजित तेस्रो अधिवेशनबाट गुरुङ अध्यक्षमा निर्वाचित भएकी हुन् । प्रथम उपाध्यक्ष,  महिला उपाध्यक्ष र सह कोषाध्यक्ष पद बाहेक अन्य पदाधिकारी र कार्यसमिति सदस्य पदमा निर्विरोध भएको थियो  । 

जस अनुसार वरिष्ठ उपाध्यक्षमा रामजी पौडेल, द्वितीय उपाध्यक्षमा होम गुरुङ, सचिवमा कृष्ण सुवेदी, महिला सचिवमा सुनिता नेपाली, कोषाध्यक्षमा टौ सुबा गुरुङ  सविना, सह सचिवमा टेक बहादुर क्षेत्री निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत नारायण शर्माले जानकारी दिए  । 

यसैगरी कार्यसमिति सदस्यमा प्रीति गुरुङ लमजुङ, सरला अधिकारी तनहुँ, कमला गैह्रे स्याङ्जा, किसान नेपाली कास्की, भानुभक्त पौडेल कास्की, दीपक गदाल पर्वत, नेत्र खड्का स्याङ्जा, सुनिमा गुरुङ गोरखा, सूर्य गुरुङ स्याङ्जा, राम प्रसाद ढकाल कास्की, पुजा परियार सेर्पा लमजुङ, पुजा गुरुङ सविता लमजुङ, पुजा कार्की पर्वत, राज बहादुर गुरुङ  लमजुङ, विक्रम गुरुङ  स्याङ्जा , मदन अर्याल नवलपुर, दिनेश थापा गोरखा र विष्णु कुमार वाग्ले नवलपुर सर्वसम्मत भएको निर्वाचन अधिकृत शर्माले बताए ।

  

निर्वाचन भएका पद मध्य प्रथम उपाध्यक्षमा आरसी पौडेल महिला उपाध्यक्षमा मञ्जु बिक र सह कोषाध्यक्षमा सपना परियार निर्वाचित भए । प्रथम उपाध्यक्षमा दीपक प्रसाद पौडेल, महिला उपाध्यक्षमा सरस्वती लामिछाने र सह कोषाध्यक्षमा सन्दिप परियारले प्रतिष्पर्धा गरेका थिए । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । 

नवनिर्वाचित अध्यक्ष माया गुरुङले निर्विरोध अध्यक्ष हुने नसोचेको भएपनि सबैजनाको विश्वासले त्यो सम्भव भएको बताइन् । यसरी विश्वास पाउँदा खुसी भएको उनको प्रतिक्रिया थियो । केही साथी छुट्दा नरमाइलो लागेपनि जाँगरिलो टिमको साथ रहेकोले कार्यकाल सफल हुने उनको अनुमान छ। 

नवनिर्वाचित अध्यक्ष गुरुङले  आफूमाथि गरेको विश्वासमा कमी आउन नदिने बताइन्। संघर्ष गरेर काम गरेर देखाउने वाचा उनको छ । संस्थापक देखि पूर्व अध्यक्ष, निवर्तमान अध्यक्षले देखेका सपना र अपुरो रहेका काम पूरा गर्ने उनले जनाइन् । उनीहरूले गरेका काममा निरन्तरता दिने उनको तयारी छ । काम गरेर देखाउनको लागि नेतृत्वमा पुगेको उनले बताइन् । ‘संस्थालाई सपार्ने हो सिँगार्ने हो बिगार्ने होइन म सिँगार्नलाई आएको हो सिँगारेरै अगाडि बढ्छु’ उनको प्रतिवद्दता छ।

यस अगाडि सातौ साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रिय अध्यक्ष प्रजापति पराजुलीले उद्घाटन गरेका थिए । पराजुलीले संस्थामा गरेको योगदानको मुल्याङ्कन गरेर नेतृत्व चयन गर्नुपर्ने बताए । उनले कार्यसमिति चयन भईसकेपछि गुनासो गर्नुभन्दा  अधिवेशनको समयमा नै सोच विचार गर्नुपर्ने बताएका थिए ।

 विशिष्ट अतिथि रहेका प्रतिष्ठान नेपालका पुर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपानेले प्रतिनिधि चयन गर्दा लापरबाही नगर्न आग्रह गरे । उनले साँच्चै नै गीत संगीतमा योगदान दिएका व्यक्ति समेटिनु पर्ने बताएका थिए । 

 कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष तथा निर्वाचन संयोजक रामजी खाँण, केन्द्रिय सचिवहरु जिवन दाहाल,  घनश्याम रिजाल र  शंकर विरही गुरुङ, पूर्वउपमहासचिव चोलेन्द्र पौडेल, सल्लाहकार तथा संरक्षक याम बहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष राजाराम पौडेल, प्रतिष्ठान नवलपुरका अध्यक्ष बुद्धिनाथ घिमिरे लगायतले बोलेका थिए ।  प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामजी पौडेलले गरेका थिए ।


सातौँ साधारण सभा र तेस्रो अधिवेशनको अवसरमा तीर्थसागर स्मृति पत्रकारीता पुरस्कार राजाराम पौडेल,नरबहादुर परियार स्मृति कलाकारीता पुरस्कार शिवु गिरी, उच्च शिक्षा पुरस्कार करण कँडेललाई सहितका अर्पण सहित  विभिन्न सम्मान तथा साँस्कृतिक कार्यक्रम भएका थिए  । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0