पोखरा । उत्प्रेरणा साङ्गीतिक मञ्चको प्रस्तुति र सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान नेपालको दोस्रो सांस्कृतिक शृङ्खला अन्तर्गत ३५ औं नारायण गोपाल स्मृति दिवस कार्यक्रम जोजिजु म्युजिक स्कुल रानीपौवामा सम्पन्न भएको छ। उक्त कार्यक्रमको उद्घाटन गर्दै अग्रज साहित्यकार, संस्कृतिकर्मी एवम् नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तीर्थ श्रेष्ठले पोखरामा हुने यस्ता साङ्गीतिक कार्यक्रमले पोखरा क्षेत्रको संगीत क्षेत्रको प्रबर्द्धन हुने विश्वास व्यक्त गरे ।
नारायण गोपाल बहु आयामिक व्यक्ति भएको वाद्यवादक को साथै गीत गायन सङ्गीत ,शब्द चयन गर्ने उनको अद्वितीय क्षमताले गर्दा उनको गीतहरू सदाबहार रहेको श्रेष्ठले उल्लेख गरे । आज को पुस्ताले पनि रियालिटी सो हरूमा उहाँको गीतहरू गाएको देख्दा सुन्दा सङ्गीत क्षेत्रमा नारायण गोपालको योगदान महत्त्वपूर्ण रहेको उनको भनाई छ । यस किसिमको कार्यक्रम पुण्य तिथिकै दिनमा पोखरा पनि भएकोमा खुशी व्यक्त गर्दै आयोजक जोजिजु म्युजिक स्कुल र सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानलाई धन्यवाद दिदैँ कार्यक्रमको निरन्तरता दिन आग्रह गर्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा विभिन्न साहित्य सङ्गीत सङ्घ संस्था प्रतिनिधित्व गर्दै कलाकारहरूले नारायण गोपालका गीत सङ्गीत प्रस्तुति गरिएको थियो ।
यति धेरै माया दिई भोइलिन सानु जोजिजु, कसरी म भुले उत्प्रेम जोजिजु, तिम्रो मन मा बाल गायिका उत्प्रेरणा जोजिजु र बिनित जोजिजु, यो मुटु लाई पशुपति गुप्ता, उदास मेरो जिबन कथामा लक्ष्मी गिरी, मान्छेको मायामा नवराज बराल र पिङ्गला भट्ट, तिमीलाई म के भनु मा फिरोज गोपाल बज्राचार्य, म त लालीगुँरास भएछु मा रोम तमाङ्ग, मेरो आखा लाई राख्ने मा विष्णु थापा ,आज भोलि दुख्दैन मा कोमन गुरुङ, केहि मिठो बात गर मा सुमन भण्डारी, वीरताको चिनो मा राजन बराल ले गायन प्रस्तुति दिएको थिए । त्यसै गरी बाध्यबादकहरुमा हार्मोनियम पप्पु थापा मगर, तबला मिलन गिरी, किबोर्ड पाण्डव गुरुङ, प्याड ड्रम कृष्ण सेन्चुरी र गितारमा उत्प्रेम जोजिजुले साथ दिएका थिए ।

कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदम राज ढकालले पोखरामा सङ्गीतको गतिविधि मार्फत अग्रज श्रस्टाको सम्मान तथा सम्झनामा भएको कार्यक्रम सफल भएकोमा आयोजक संस्था र कलाकारहरुलाइ धन्यवाद दिँदै यसलाई निरन्तरता दिन सुझाव दिए । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्ष एवम् सङ्गीतकार प्रशिक्षक नवराज बरालको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य सँयोजक एवम् जोजिजु म्युजिक सेन्टर म्युजिक स्कुलका संचालक गायक सङ्गीतकर्मी विनीत जोजिजुले गरेको थिए भने कार्यक्रम संचालन म्युजिक स्कुल ब्यबस्थापक एवम् सप्तरङ्गीका सचिव सानू जोजिजुले गरेकी थिइन् ।










