पोखरा । पोखरामा ‘पुतली उड्यो..’ बालगीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिहीबार सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान नेपालले एक कार्यक्रमको आयोजना गरेर भिडियो सार्वजनिक गरेको हो । पाल्पाली हाउस न्युरोडमा आयोजित कार्यक्रम मार्फत भिडियोको सार्वजनिक नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले गरेका हुन् ।

काव्यालयको प्रस्तुतिमा तयार भएको गीतमा आवाज कक्षा ५ मा अध्ययनरत प्रसिद्धि भुर्तेलले भरेकी छन् । गीतमा सङ्गीत र शब्द विनोद बानियाँले सिर्जना गरेका हुन्। एरेन्ज राजेश विष्ट क्षेत्री, मिक्सिङ तथा मास्टरिङ असिम शेरचनले गरेका छन् भने गीत क्रेजी स्टुडियोमा रेकर्ड भएको हो । 

 विमोचन कार्यक्रममा बोल्दै पूर्व कुलपति श्रेष्ठले गीत सुन्दर बनेको बताए । उनले गायिका प्रसिद्धि  भुर्तेल सहितको कामको प्रशंसा समेत गरे । 

यो गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । भिडियोको सिनेमेट्रोग्राफर मिलन शङ्कर, सम्पादक अनुप गुरुङ र कोरियोग्राफर गम्भीर बर्देवा हुन्। रचनाकार तथा सङ्गीतकार विनोद बानियाँले छोरी काव्याको लागि यो गीत लेखेको बताए । सबैकाे मेहनतका कारण गीत राम्रो बनेकोले  गीत सबैले मनपराउने विश्वास उनको छ। 

गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । भिडियोमा प्रसिद्धि सहित अदिति थापा, अपेक्षा बाँस्तोला, जस्मिन गुरुङ, सम्वृद्धि अधिकारी, स्वीकृती धोजु, आसिका पौडेल, अनिता गुरुङ, निस्मा गुरुङ, अर्पिता श्रेष्ठ, आस्था गुरुङ  लगायतले अभिनय गरेका छन्। 

भिडियो सार्वजनिक कार्यक्रममा साहित्यकार दुर्गा बहादुर शाह बाबा, ग्लोबल कलेजियट स्कुलका प्राचार्य बाबुराम पन्त, भिडियोका  निर्देशक  रोहन नेपाली, गायिका भुर्तेलका बुबा सन्तोष भुर्तेल लगायतले  गीत तथा निर्माण युनिटको बारेमा चर्चा गरेका थिए।  

सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा  भएको कार्यक्रममा स्वागत पदमराज ढकाल र सञ्चालन लक्ष्मी गिरीले गरेकी थिइन् । गीत हेरेर सल्लाह सुझाब र प्रतिक्रिया दिन सबैमा सङ्गीतकर्मी बानियाँले आग्रह गरेका छन् ।

भिडियो लिङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0