पोखरा । एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) नेपालले पोखरा एआरटीमा रहेका एचआइभि संक्रमित बच्चाहरूलाई सहयोग गरेको छ । एएचएफले बिहीबार एक कार्यक्रम आयोजना गरेर बच्चाहरुलाई पोषण युक्त खाना र सरसफाइ सामाग्री हस्तान्तरण गरेको हो ।
एएचएफ नेपाल एशिया ब्यूरो उपप्रमुख डा. युगाङ बाओ र कन्ट्री प्रोगाम म्यानेजर दिव्यराज जोशीको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै कन्ट्री प्रोगाम म्यानेजर जोशीले बच्चाहरूलाई औषधी संगै पोषण युक्त खाना पनि आवश्यक रहेको बताए । त्यसलाई ध्यान दिएर एएचएफको स्वास्थ्यका लागि खाना कार्यक्रमले सहयोग गर्ने गरेको उनको भनाइ छ ।

पोषण युक्त खाना र सरसफाइ सामाग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन एड्स हेल्थ केयर फाउण्डेसन नेपाल गण्डकी प्रमुख विद्या कोइरालाले गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1










