पोखरा । गायक गङ्गाधर पराजुली (जिडिप) को नयाँ गीत ‘म त पिपलु’को चर्चा बढ्दै गएको छ । केही दिन अगाडि सार्वजनिक भएको गीतमा गायनमा जिडिपलाई रचना रिमालले साथ दिएकी छन् । गीतको शब्द र सङ्गीत जिडिप र खेम सारू मगरको हो । वेभ स्टुडियोमा रेकर्ड  भएको गीत  मिक्सिङ, मास्टरिङ र एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।

‘त्यो चर्को घाममा रुखको शितलु, तिमी वर हौ म त पिपलु…..’। बोलको यस गीतको भिडियो पनि आकर्षक बनेको छ । गङ्गाधर पराजुलीको प्रस्तुतिमा तयार भएको भिडियोमा बद्री प्रसाद तिवारी र सुरक्षा इटनी फिचर्ड छन् । उनीहरूको नृत्य र अभिनय सहित रोमान्सले गीतलाई परिपक्क बन्न सघाएको छ । उत्सव दाहालले खिचेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् । केशवराज भट्टको निर्देशन गरेको भिडियोको कन्सेप्ट पनि जिडिपकै हो । पोष्ट प्रोडक्सनको काम भिजुअल किचनमा गरिएको हो । गीत गङ्गाधर पराजुली अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

त्यसोत कास्की जिल्लाको चापाकोटमा जन्मिएका जिडिप २०६२ मा सरुभक्त श्रेष्ठको रचनाको ‘मैलो लाग्ला नछेक बाटो’ गीत रेकर्ड गरेर औपचारिक रुपमा नेपाली साँगीतिक क्षेत्रमा उदाएका थिए । सुरुवातका दिनमा पोखरामा बसेर सङ्घर्ष सुरु गरेका उनी २०६५ सालमा काटमाण्डौँ हानिए । त्यसपछि उनले त्यहीबाट आफ्नो यात्रालाई अगाडि बढाइरहेका छन् । पोखरामा आयोजित शास्त्रीय सङ्गीत प्रतियोगिता र अन्नपूर्ण एफएमले आयोजना गरेको प्रतिभाको खोजी कार्यक्रममा प्रथम भएका उनले २०६५ मा रेडियो नेपालमा आधुनिक गीत गाएर स्वर परीक्षा उत्रिर्ण गरेका थिए । उनको आफ्नै पहिलो एल्बम ‘शुभारम्भ’ हो । सङ्गीत अध्ययन गरेर निखारता थपेका उनले आफूले जानेका ज्ञान बाँडिरहेका पनि छन् । नयाँ गीतलाई हेरर सुनेर प्रतिक्रिया दिन उनले सबै संगीतप्रेमीलाई आग्रह गरेका छन् ।

भिडियो लिङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0