पोखरा । तनहुँ भिमादका कुलदीप सिग्देल चियामा आफ्नो भविष्य बनाउन लागेका छन् । चिया पारखीको मन जित्ने उद्देश्यका साथ २०८१ सालको भदौ ८ गते पोखराको सिमलचौरमा ‘द कटिङ डिलाइट’ सञ्चालनमा ल्याएका सिग्देलले १० लाखको लगानीमा ५ जनालाई रोजगारी दिएका थिए । यहाँ चिया सहित जुस समेत उपलब्ध गराउँथे । सटरमा सञ्चालन गरिएको कारण केही साँघुरो महसुस भयो । अनि ‘जहाँ चिया त्यहाँ चियाबारी’ स्लोगनका साथ पोखराको नदीपुरमा ‘चियाबारी’ सञ्चालनमा ल्याएका छन् ।

चियाको माहोल देशभरी बढ्दोक्रममा रहेकोले यो क्षेत्रमा सम्भावना देखेर सुरु गरेको उनी बताउँछन् । ‘द कटिङ डिलाइट’ मार्फत चियाको टेष्ट निकाल्ने क्रममा पोखराका धेरै चिया पसलमा चहारिएको अनुभव उनले सुनाए ।

 कसरी टेष्ट निकाल्न सकिन्छ भनेर तयारी गर्दै कुन मसला राख्दा हुन्छ, कुन चियापत्ती राख्दा हुन्छ, दूध कुन प्रयोग गर्ने  भन्ने कुरा बुझ्दै जाँदा एउटा मिठो स्वाद निस्किएको उनले खुलाए । यसरी निस्किएको स्वादलाई द कटिङ डिलाइटमा सुरु गरियो । विस्तारै आकर्षण बढ्दै गयो ।

नदीपुरमा चियाबारी सञ्चालनमा आएको गत असोज ६ गते घटस्थापनाको दिनबाट हो । यहाँ झण्डै १५ भेराइटीको चियाको स्वाद चाख्न पाइन्छ । चियाका अलाबा फ्रेस जुस, फास्टफुड लगायत खानेकुरा समेत यहाँ भएकोले ग्राहकलाई थप सहजता हुने सञ्चालक सिग्देलको विश्वास छ  ।

यहाँ ३० रुपैयाँ नर्मल कटिङ चियाबाट ७० रुपैयाँको मड्का चियासम्म पाइन्छ । नर्मल चिया, मसला चिया, सुकुमेल चिया, मरीच चिया लगायतका चियाका प्रकार पाइने भन्दै यस प्रति ग्राहकको मोह बढ्दै गएको अनुभव उनले सुनाए ।

फलस्वरुप पोखरालाई समेटेर अझै वृहत रुपमा चियाबारी सञ्चालन गर्ने सोच बनाएर काम समेत सुरु भइसकेको उनले बताए । अबको डेढ महिना भित्रमा सञ्चालनमा ल्याउने गरी पोखराको मासबारमा चियाबारीको अर्को शाखा सञ्चालनमा आउनेछ । जहाँ ३ सय भन्दा बढीलाई एक साथ सेवा दिन सकिने उनको दावी छ ।

यो व्यवसायमा उनलाई मामाको छोरा उज्ज्वल सुवेदीले साथ दिएका छन् । सिग्देल चियाको पारखी भएकोले यसको टेष्ट खोज्दै गर्दा यसतर्फ आकर्षित भएको सुनाउँछन् ।  उनले व्यवसाय क्षेत्रको यात्रा तरकारी फलफुल पसलबाट गरेका हुन् । चियामा लगाव पनि भएकोले यात्रा यता मोडिएको हो ।

नदीपुरमा चियाबारी सञ्चालन गर्दा २० लाख खर्च लागेको बताएका उनले अब खुल्ने नयाँ शाखामा त्यो भन्दा बढी लगानी हुन सक्ने आकलन गरेका छन् । नदिपुरको चियाबारीमा १३ जना प्रत्यक्ष रोजगारी पाएका छन् ।नयाँ शाखामा २० जना जतिले रोजगारी पाउनेछन्। पछिल्ला दिनमा युवापुस्तादेखी वयस्कसम्मको रोजाइमा चिया पर्दै गएको उनको भनाइ छ । चियाबारी बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म खुला रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0