पोखरा । स्टार्स स्टुडियो प्रालिको नवौं वार्षिकोत्सव तथा स्टार्स फाउण्डेसन नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ‘स्टार्स एकल नृत्य प्रतियोगिता २०८२’ र ‘स्टार्स खुल्ला नृत्य प्रतियोगिता २०८२’ को फाइनल असोज ७ गते  हुने भएको छ ।  गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा हुने यि दुवै प्रतियोगितालाई भव्य बनाउनका लागि तयारीमा तीव्रता दिइएको आयोजक संस्थाका अध्यक्ष जसमाया गुरुङ जसुले कोटखबरलाई जानकारी दिएकी छन् ।

कविता प्रतियोगितामा भाग लिन इच्छुकले असोज ३ गते भित्रमा कविता पठाइसक्नुपर्नेछ। यसरी पठाइएका कविता मध्येबाट उत्कृष्ट १० कविका १० कविताको छनोट असोज ५ गते गरिनेछ । छनोट भएका कवितालाई असोज ७ गते हुने फाइनलमा प्रस्तुत गरिनेछ । कविता  प्रतियोगितामा भाग लिन चाहनेले शुद्ध नेपाली भाषामा कविता लेखि कविता वाचन गरिएको अडियो वा भिडियो सहित टाइप गरेको कविता असोज ३ गते भित्र मेल मार्फत पठाउन सक्नेछन् । बढीमा १ सय २५ शब्दमा लेखिएको जुनसुकै शीर्षक भावमा लेख्न सकिनेछ । छनोटमा मौलिक कवितालाई विशेष प्राथमिकता दिइनेछ ।

सहभागी भएका कविता मध्ये प्रथमलाई २० हजार, द्वितीयले १० हजार, तृतीयलाई ५ हजार र सान्त्वना दुई जनालाई जनही २ हजार छ सय रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिनेछ । उत्कृष्ट १० मा पर्न सफल कविता युट्युब मार्फत समेत प्रसारण गरिनेछ ।

यसैगरी एकल नृत्यतर्फ जुनसुकै उमेर समुहले प्रतियोगितामा भाग लिन पाउनेछन् । नेपाली मौलिकता झल्कने नृत्यलाई प्राथमिकता दिइनेछ भने इच्छुकले असोज ५ गते भित्र दर्ता शुल्क ५ सय रुपैयाँ बुझाइ नाम दर्ता गराउन सक्नेछन् । नृत्यतर्फ प्रथमलाई ३० हजार, द्वितीयले १५ हजार, तृतीयलाई ५ हजार  रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिनेछ । 

आयोजक संस्था स्टार्स स्टुडियो नेपाल नेपाली मौलिक लोक संस्कृति र सांस्कृतिक नृत्यहरूको संरक्षण र प्रवर्द्धनका लागि क्रियाशील छ । यसको कार्यालय न्युरोड पोखरामा रहेको छ । लोक नृत्यको प्रशिक्षणका साथै विभिन्न जातजातिको मौलिक भेषभुषाको संरक्षण, फिल्म निर्माण, इभेन्ट मेनेजमेन्ट लगायतको क्षेत्रमा यसले काम गरिरहेको छ । यस्तै स्टार्स फाउन्डेसन नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।नेपाली मौलिक लोक संस्कृति र सांस्कृतिक नृत्यहरूको संरक्षणमा र प्रवर्द्धनका लागि क्रियाशील छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0