पोखरा । कास्की जिल्ला डोरीतान सङ्घको आयोजनामा भएको चौथो कास्की जिल्ला स्तरीय खुल्ला महिला डोरीतान प्रतियोगिता २०८२ मा मिलनशील महिला समुह पोखरा २९ प्रथम भएको छ ।
नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा शुक्रबार भएको प्रतियोगितामा आयोजक कास्की जिल्ला डोरितान सङ्घ द्वितीय भयो भने पोखरा २६ को हिमला महिला समुह तृतीय भए । किमबेशि गोरखनाथ महिला समुह पोखरा ३१ सान्त्वना हुन सफल भए ।

नकआउटरलिग चरणको आधारमा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः नगद रु ३० हजार, २० हजार, १० हजार र ५ हजारसहित मेडल र प्रमाणपत्र ले सम्मान गरिएको छ ।

गण्डकी प्रदेश सभाका पूर्व सदस्य मोहन रेग्मीको प्रमुख आतिथ्यमामा सम्पन्न प्रतियोगिता कास्की जिल्ला डोरितान सङ्घका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक कृष्ण पुनको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत सङ्घका अध्यक्ष विष्णुहरि भुगाईले गरेका थिए भने सञ्चालन सचिव भीम कुमारी पुनले गरेकी थिइन् ।












