पोखरा । लोक गायिका अम्बिका दाहाल भण्डारीको ‘पहिले जस्तो छैन गाउँघर’ तीज गीत सार्वजनिक भएको छ । गीतमा आवाज लय र शब्द भण्डारीको रहेको छ । नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियोमा छवि सुवेदीले रेकर्ड गरेको गीतको सङ्गीत संयोजन जुजु गुरुङ र मिक्सिङ मुर्चुङ्गा स्टुडियो काठमाण्डौमा गोविन्द ओलीले गरेका हुन् । कोरस स्वरमा धनकुमारी कँडेलले साथ दिएकी छन् । 

गीतलाई दर्शक श्रोता माझ पुर्‍याउन आकर्षक भिडियो निर्माण गरिएको छ । लबसन गुरुङको निर्देशनमा तयार भएको भिडियोमा दीपना पुनको अभिनय हेर्न पाइन्छ । फलानो क्रियसन पोष्ट प्रोडक्सन गरिएको भिडियोको छायाँङ्कन दीपेश केसी तथा सम्पादन सुवास अम्गाइले गरेका हुन् । कलाकारलाई सुन्दर बनाउन मेकअपमा आशिष गुरुङले  मेहनत गरेका छन् । अन्नपूर्ण गाउँ पालिकामा छायाङ्कन गरिएको गीत अम्बिका भण्डारी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । 

कास्कीको अन्नपूर्ण गाउँपालिका सँगको सहकार्यमा गीत तयार भएको गायिका भण्डारीले कोटखबरलाई जानकारी दिइन् । सन्देशमूलक गीतमा गाउँको झल्को दिन खोजिएको छ । मौलिकता बोकेको गीतलाई परिपक्क बनाउन नृत्य तथा गाउँमा भए गरेका गतिविधि दृश्यले सघाएको छ । गीत मार्फत स्थानीय सरकारले गाउँको विकासका लागि गरेका कार्यहरू बारेमा गीतमा उल्लेख गरिएको छ । 

कास्कीको अन्नपूर्ण गाउँपालिका २ ठूलाचौरमा जन्मिएकी कवि समेत रहेकी लोक गायिका अम्बिकाले केही वर्षदेखि निरन्तर तीजमा मौलिक खालका नयाँ तीजगीत बजारमा ल्याउने गरेकी छन् । उनले ३ कक्षामा पढ्दा देखिनै मुक्तक लेख्न शुरु गरेकी थिइन् भन् साहित्य तर्फको औपचारिक यात्रा २०६७ मा लोक ‘छन्दका फूलहरू’ नामक कविता सङ्ग्रह मार्फत भएको थियो । तीज गीतका अलावा अन्य गीत र साहित्यिक कृतिहरू समेत निरन्तर पस्किरहेकी छन् । यसपालिको तीज गीत हेरेर प्रतिक्रिया दिन उनले सबैलाई आग्रह गरेकी छन् ।

भिडियो लिङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0