पोखरा । लोक दोहोरी कलाकार जीवन दाहाल, राजन कार्की र सरस्वती लामिछाने सरुको आवाजमा रहेको गीत ‘आज त साहिँली’ को चर्चा बढ्दै गएको छ ।  हालै सार्वजनिक भएको गीतले दर्शक श्रोताको सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

कार्कीको लय तथा शब्दमा तयार भएको गीतको सङ्गीत संयोजन याम थापा मगरले गरेका हुन् । कुमार रानाले मिक्सिङ र मास्टरिङ गरेको गीत बाँसुरी रेकर्डिङ स्टुडियो पोखरा र मारुनी रेकर्डिङ स्टुडियो काठमाण्डौमा दिवस थापा मगर, खुमन राना तथा सुमन रानाले रेकर्ड गराएका हुन् । पार्श्‍व गायनमा विवश थापा मगर र रेनु रिलामी मगरले साथ दिएका छन् ।

गीतको भिडियो समेत आकर्षक बनाइएको छ । राजन कार्की अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको भिडियोको निर्देशन राम्जी लामिछानेले गरेका छन् । भिडियोमा सुधीर श्रेष्ठ र अस्मिता रनपाल फिचर्ड छन् । गीतले दर्शक र श्रोताको साथ पाउँदै गएको छ । भिडियो हेरेर र गीत सुनेर प्रतिक्रिया दिन निर्माण युनिटको आग्रह छ ।

भिडीयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0