पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङजा प्रवेश गरेका छन् । प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार लिगचरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने टिमको टुङ्गो लागेको हो । 

स्याङ्जाले नवलपुरलाई ८ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । स्याङ्जाले फाइनलमा कास्कीको सामना गर्नेछ । शुक्रबार लिगचरणका खेलहरू सम्पन्न भएसँगै कास्की समूह विजेता तथा स्याङ्जा उपविजेता बन्दै फाइनलमा प्रवेश गरेका छन् । कास्कीले ३ खेलमा अपराजित रहँदै कुल ६ अङ्कका साथ शीर्षस्थान हासिल गर्‍यो । स्याङ्जा २ जित १ हारसहित ३ अङ्कका साथ दोस्रो स्थानमा रहँदा ३ खेलमा १ जित २ हारसहित २ अङ्कका साथ नवलपुर तेस्रो र ३ खेलमा २ हार १ बराबरी (वर्षाका कारण खेल रोकिएको) सहित १ अङ्कका साथ पर्वत पुछारमा रह्यो । 

स्याङ्जाले ८.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । ५७ रनको सामान्य लक्ष्य पाएको स्याङ्जाको जितमा सलिना सेनले २३ र श्रेया शाहले १४ रनको योगदान दिदैँ आउट हुन पुगे । सलिनाले २३ बलमा २ चौका प्रहार गर्दै २३ रन र श्रेयाले २८ बलमा १ चौका प्रहार गर्दै १४ रन जोडिन् । ज्योत्सनिका मरासिनी ५ र सिमाना केसी शून्यमा नटआउट रहिन् ।
नवलपुरका लागि आयुषा चापागाईँ र लिजा गुरुङले समान १/१ विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नवलपुर १५.३ ओभरमा ५६ रन बनाउँदै अलआउट हुन पुग्यो । नवलपुरका लागि धनकुमारी क्षेत्रीले बाहेक अन्य ब्याटरले दोहोरो अंक बटुल्न सकेनन् । उनले ३२ बलमा २ चौकाको मद्दतमा १७ रन बनाइन् । मोनिका लामिछाने ६, पूर्णिमा सुनार शून्य, श्रेया गिरी १, निहारिका शर्मा शून्य, श्रेया शर्मा ७, आयुषा चापागाईँ २, यमुना पँगेनी शून्य, लिजा गुरुङ ४ र वर्षा सुनार शून्यमै आउट भइन् । निकिता कुँवर शून्यमा नटआउट रहिन् । 

स्याङजाका लागि सिमाना केसीले ३.३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । आकृति तिवारी, निरू जिटी र अपेक्षा बुढाथोकीले समान २/२ विकेट लिइन् । 

यस्तै लिग चरणको अन्तिम खेलमा कास्कीले पर्वतलाई ९५ रनले हराएको छ । १२४ रनको विशाल लक्ष्य पाएको पर्वतलाई कास्कीले २८ रनमा रोक्दै अलआउट गरायो । पर्वतले १०.१ ओभरमा २८ रन बनाएको थियो । पर्वतका कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् ।

 एन्जल अधिकारी शून्य, दिपिका सापकोटा ५, सुशीला भट्टराई १, रोजिना चापागाईँ २, प्रतिभा खड्का १, कृषा अखेली ४, योगिता केसी शून्य, जिविका क्षेत्री १, अनुषा पौडेल शुन्यविपिशा विक शून्यमा आउट भए । एन्जल परियार शून्यमा नटआउट रहिन् । 

कास्कीका लागि सोनिमा पुन मगरले ३, यशोदा भुजेलले २ तथा रोजि परियार, चन्द्रमाया बराल, रेखा तामाङ र रचना चौधरीले १/१ विकेट लिए ।  त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्कीले २० ओभरमा ५ विकेट गुमाउँदै १२३ रन बनायो । कास्कीका लागि सिजर्ना पौडेलले ४१ रनको योगदान दिइन् । उनले ५३ बलमा ३ चौका प्रहार गरिन् । विनिता नेपालीले १७ रन बनाउँदै आउट भइन् । शिखा दवाडी शून्य, विन्दु ठकुरी ७, विनिता सिग्देल ११, रोजि परियार १ रनमा आउट हुँदा रचना चौधरी ५ रनमा अविजित रहिन् । 

पवर्तका लागि जिविका क्षेत्रीले ४ ओभरमा २७ रन खर्चदै सर्वाधिक ३ विकेट लिइन् । प्रतिभा खड्का र सुशीला भट्टराईले समान १/१ विकेट लिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0