पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा खेल पत्रकारहरूका लागि क्षमता अभिवृद्धि तालिम दिइएको छ । शुक्रबार भएको तालिममा गण्डकी प्रदेशमा रहेका विशेषगरि खेल क्षेत्रमा रुचि राखेका क्रियाशील पत्रकारहरूलाई भलिबल, एथ्लेटिक्स र क्रिकेट सम्बन्धी प्रशिक्षण गराइएको हो ।

 खेलका नीति, नियम तथा मापदण्डका बारेमा बुझाउँदै पत्रकारले समाचार लेख्दा बुझ्नुपर्ने विषयका बारेमा समेत प्रशिक्षित गराइएको छ । तालिममा सहभागि पत्रकारले खेलका टेक्निकल नियमका विषयमा केन्द्रीत रहेका थिए । समाचार लेख्दा टेक्निकल नियमका बारेमा बुझ्न आवश्यक रहेको सहभागीको भनाई थियो । तालिममा भलिबल सम्बन्धी राजन पौडेल,  एथ्लेटिक्स सम्बन्धी सिद्धान्त अधिकारी र क्रिकेट सम्बन्धी रिजन प्रजुले प्रशिक्षण दिए । 

यसअघि भएको उद्‌घाटन सत्रको अध्यक्षता गरेका मञ्चका अध्यक्ष एमबि आस्था मगरले तालिमका बारेमा जानकारी दिँदै यसको आवश्यकता र महत्वका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले खेल क्षेत्रका कुराहरू सरकार समक्ष पुराउन पत्रकारले खेल क्षेत्र र यसका नीति नियम बुझ्न आवश्यक रहेको बताए । साथै खेल र खेलाडीका बारेमा प्रकाशित सकारात्मक समाचारले खेल संघ तथा खेलाडीलाई प्रोत्साहन मिलेको समेत उनको भनाई थियो । 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव प्रसाद बराल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष राजाराम पौडेलले गरेकाे कार्यक्रमको सञ्चालन मञ्चका महासचिव परशुराम शर्माले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0