पोखरा।‌ नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा कमिटी ५ ले बिहीबार परिचर्चा कार्यक्रम आयोजना गरेको छ । एमालेका पूर्व अध्यक्ष स्व.मनमोहन अधिकारीको १०५औं जन्मजयन्तीको अवसर पारेर उनका योगदानका बिषयहरूमा परिचर्चा गरिएको हो ।

प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री रहेका अधिकारी आफ्नो गाउँ आफैं बनाउँ अभियानका परिकल्पनाकार हुन् । उनले नै जेष्ठ नागरिकलाइ सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका थिए ।

स्व. मनमोहन अधिकारीको जीवनी एवं योगदानका बारेमा कार्यक्रमका प्रमुखवक्ता नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य एवं पोखरा महानगर कमिटीका ईन्चार्ज दिलिप बिक्रम शाहीले प्रकाश पारे ।

वडा कमिटी -५ का अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बरालले मनमोहन अधिकारी जसको नाम लिनासाथ आम मानिसको दिमागमा सरलता, इमान र निष्ठाको एउटा बेग्लै बिम्ब निर्माण हुने उल्लेख गरे । राजनीतिज्ञ कस्तो हुनुपर्छ र उसको जीवन कसरी बित्नुपर्छ भन्ने उदाहरण खोज्दा सबैले एक ‘रोल मोडल’का रुपमा उनलाई सम्झिने भन्दै सरकारको नेतृत्व गर्दा अधिकारीले आर्जन गरेको प्रतिष्ठा आज पनि गौरवको विषय रहने मात्रै नभएर नेपालकै स्वणिर्म कालको रुपमा सम्झिने गरिएको बताए।

जनमुखी र लोकप्रिय सरकार कस्तो हुन्छ भन्ने मानक मात्र नभएर सामूहिक नेतृत्वमा विश्वास लगायतले अधिकारीलाई पार्टीको अध्यक्ष, मुलुकको पहिलो कम्युनिस्ट प्रधानमन्त्री र सिंगो नेपाली समाजको सम्मानित नेता बनाएको खुलाए ।

अध्यक्ष बरालले एमालेको लाल किल्लाको रुपमा रहेको वडा नं.५ मा बनाउदै गरेको पार्टी कमिटीको सम्पर्क कार्यालयको प्रगति विवरण र सदस्यता नविकरणका बिषयमा जानकारी समेत गराए । वडा नं -५ को वडा सदनको हलमा भएको परिचर्चा कार्यक्रममा वडा कमिटीका उपाध्यक्ष पान प्रसाद तिमिल्सिनाले उपस्थित‌‌ स्वागत र सचिव वसन्तराज गौतमले कार्यक्रम संचालन गरेका थिए।

अधिकारीको जन्मजयन्तीको अवसरमा रविन्द्र स्मृति वाटिकामा सरसफाइ कार्यक्रम समेत गरिएको थियो।

बिक्रम संबत १९७८ असार १५ गते जन्मिएका मनमोहन अधिकारीेको २०५६ साल वैशाख १३ गते चुनावी अभियानका क्रममा निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0