पोखरा। नेपाल पत्रकार महासङ्घ कास्कीको ४९ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति सङ्घ कास्की हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा १५२ जना पत्रकार, सञ्चारकर्मी एवम् स्थानीयले लाभ लिएका छन् ।
शिविरमा बोल्दै नेपाल नेपाल पत्रकार महासङ्घका केन्द्रिय उपाध्यक्ष उमिद बागचन्दले पत्रकारले जुनसुकै सञ्चारमाध्यममा काम गरेपनि सबै भन्दा वढी प्रभाव आँखालाई पर्ने बताए । उनले पत्रकारको आँखा सुरक्षित राख्न नेत्र ज्योति सङ्घले सहयोग गरेकोमा धन्यवाद दिए ।

नेपाल नेत्र ज्योति सङ्घ कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगरले नेपालमा आँखा उपचारमा अब्बल रहेको बताउँदै अन्य रोगको उपचार गर्न नागरिक विदेश गए जस्तै आँखा उपचार गर्न विदेशी नेपाल आउने गरेको बताए । पत्रकारको आँखामा केही समस्या भएमा हिमालय आँखा अस्पतालले पत्रकार महासङ्घको सिफारिसमा अवस्था हेरेर उपचारमा सहयोग गने बताए ।
शिविरमा हिमालय आँखा अस्पतालका प्रशासकीय अधिकृत कुमार गर्बुजा, नेत्र अधिकृत गोविन्दनाथ योगी सहित ९ जनाको टोली सहभागी थियो । नेपाल पत्रकार महासङ्घ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भुपाल गुरुङले गरेका थिए ।











