पोखरा । पोखरा ३ नदीपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविमा अन्तराष्ट्रिय ओलम्पिक दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । हरेक वर्ष जुन २३ तारिखका दिन मनाइने ओलम्पिक दिवसलाई लक्षित गरेर विद्यालयले बिभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय ओलम्पिक दिवस मनाएको हो ।
कार्यक्रमहरूमा प्रावि, निमावि र मावि तहमा चित्रकला प्रतियोगिता, ओलम्पिक दिवसको बारेमा निबन्ध लेखन त्यस्तै तिनै तह स्तरीय हस्त लेखन प्रतियोगिताका साथै वक्तृत्वकला, नाटक प्रदर्शन, हाजिर जवाफ प्रतियोगिता, जुनियर तहमा विविध खेलकुद कार्यक्रम आयोजना गरि मनाएको विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक एवम् नेपाल ओलम्पिक कमिटीका पूर्व उपाध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।
यस्तै विद्यालयले उक्त कार्यक्रममा सहभागि र बिजयी भएका विद्यार्थीहरूलाई बिहीबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठ, अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङ, प्रशासक चित्र गुरुङ, इसिए तहका अतिरिक्त क्रियाकलाप संयोजक उमेश खनाल लगायत अन्य शिक्षक, शिक्षिकाहरूको सहभागितामा अन्तराष्ट्रिय ओलम्पिक कमिटीद्वारा प्राप्त प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताले विद्यार्थीमा उत्साह थपेको र अध्ययनमा पनि सहयोग पुग्ने अतिरिक्त क्रियाकलाप निर्देशक गुरुङले बताए। यस्तै अतिरिक्त कार्यक्रमहरूलाई निरन्तरता दिदैँ जाने प्राचार्य श्रेष्ठले बताए । माउन्ट अन्नपूर्ण मावि गण्डकी प्रदेशमै निजी स्तरबाट सञ्चालित पहिलो विद्यालय भएको उनको भनाइ छ।
