पोखरा । राजु मास्टरका रुपमा परिचित राजु पौडेलको निर्देशन र लेखन रहेको टेलिश्रृङ्खला ‘सकस’ काे छायाँङ्कन पोखरामा भएको छ । पोखरा ३३ का पौडेलले आफ्नै ठाउँ पुँडिटारमा टेलिश्रृङ्खला ‘सकस’काे छायाँकङ्न गरेका हुन् । जेठ २६ गतेबाट जेठ ३० गतेसम्म गरेर ६ भाग छायाँङ्कन गरिएको पौडेलले जनाए ।

उनले लामो समय ‘जुठे’ बाट सिरियलबाट आफ्नो पहिचान बनाएको ‘गोथे’ पात्र लाई अब टेलिश्रृङ्खला ‘सकस देख्न पाइने समेत खुलासा गरेका छन् । ‘जुठे’ बाट आफ्नो यात्रा टुङ्गिएपछि ‘गोथे’ पात्रलाई राजु मास्टरले आफ्नै सिरियलमा मुख्य पात्रको स्थान दिन लागेका हुन् । गोथेलाई पनि सकस कै मुख्य कथामा राख्न लागिएकोले  ९४ भागबाट  देख्न पाइने उनले बताएका छन्।

‘जुठेमा गोथेलाई देख्न नपाएपछि धेरै दर्शकको चाहना भएको कारण दर्शकको मायाका कारण सकसमा गोथे ल्याउने निर्णय गरेको उनको भनाइ छ । ‘सकस’मा यसअघि उनले गरेका अन्य पात्र यथावतै रहने छन् । ‘सकस’काे पोखरामा दोस्रोपटक छायाँङ्कन भएको हाे ।  यसपाली पोखराका कलाकारले समेत स्थान पाएका छन् । पोखरेली कलाकार बिनु कार्की, माया गिरी र बुद्धि खनालको अभिनय अब ‘सकस’मा हेर्न पाइनेछ । आफ्नो ‘सकस’ टिम सहित छायाँङ्कनमा आएका राजु मास्टर  शनिबार काठमाडौँ फर्कनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0