पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ ले आयोजना गरेको वडा स्तरीय अन्तरविद्यालय हाजिरीजबाफ प्रतियोगितामा पुनः रेन्बो एकेडेमिक होम प्रथम भएको छ । शुक्रबार कक्षा ५ देखि ८ सम्मको वडा स्तरीय हाजिरी जवाफ प्रतियोगितामा रेन्बो एकेडेमिक होमका आरुष चापागाईं, अभ्यास शर्मा र साहिल रानाको समुहले प्रथम हासिल गर्न सफल भएको हो । यस अगाडि गत शुक्रबार कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी वडा स्तरीय अन्तरविद्यालय हाजिरीजबाफ प्रतियोगितामा समेत रेन्बो प्रथम भएको थियो ।

विद्यार्थीको अन्तरनिहित क्षमता विकास गर्ने उद्देश्यले पोखराको १५ ले आयोजना गरेको प्रतियोगितामा प्रथम भएको रेन्बोले ८ हजार नगदसहित प्रमाणपत्र हात पार्‍यो । प्रतियोगितामा एसओएस हर्मन माइनर द्रोस्रो, वेलनन एकेडेमी तेस्रो र  गोल्डेन फ्युचर सान्त्वना भए । 

दोस्रो भएको एसओएस हर्मन माइनरका विद्यार्थीले नगद ६ हजार, तेस्रो भएका वेलनन एकेडेमीका विद्यार्थीले ४ हजार र सान्त्वना स्थान प्राप्त गरेको गोल्डेन फ्युचरका विद्यार्थीले ३ हजार रुपैयाँ सहित प्रमाणपत्र हात पारेका वडा सचिव युवराज पौडेलले जानकारी दिए । प्रतियोगितामा वडा १५ भित्रका १३ विद्यालयको सहभागिता रहेको सचिव पौडेलले बताए।

हाजिरजवाफ प्रतियोगितालाई सम्बोधन गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले विद्यार्थीको अन्तरनिहित क्षमता प्रस्फुटन गराउनका लागि वडाले यो प्रतियोगिता आयोजना गरेको बताए । यस्ता प्रतियोगिताले वडाका विद्यालयबीच आपसी सद्भाव वृद्धि हुने विश्वास उनको छ । विद्यार्थीको शैक्षिक स्तर उकास्नको लागि वडाले निरन्तर कार्यक्रमहरू आयोजना गर्ने उनको प्रतिवद्धता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0