पोखरा । पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ अन्तर्गत  शुक्रबार सेमिफाइनलका दुई खेल हुने भएको छ । न्यु डायमन्डएपीएफ र अर्को खेलमा पुलिस विरुद्ध एभरेष्ट भलिबल क्लब बिच सेमिफाइनलको खेल हुने भएको नेशनल स्पोर्ट्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए ।

यसैबीच, विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लब र एभरेस्ट भलिबल क्लब ले बिहिबारको खेलमा जित हासिल गरेसँगै सेमिफाइनलमा प्रवेश गरेका हुन् । पोखरा रङ्गशालाको कभर्डहलमा बिहीबार भएको समुह ‘ए’ को अन्तिम खेलमा एपीएफले पाल्पाको स्टेप रामपुर माथि ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो ।

अर्को खेलमा एभरेष्टले घरेलु टिम गण्डकी प्रदेश भलिबल सङ्घलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । एपीएफले फाइनल प्रवेश गर्न पोल ‘बी’ को विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबसँग प्रतिष्पर्धा गर्ने भएको छ । एपीएफले रामपुर माथि २५–६२५–६२५–७ को सोझो सेटमा सहज जित दर्ता गर्यो । न्यु डायमन्डले गण्डकी प्रदेश भलिबल सङ्घ र एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा यात्रा पक्का गरेको हो ।  

 बिहीबार भएको लिगको अन्तिम खेलमा एभरेष्टले गण्डकीलाई २१–२५, २५–१४, २५–२२२५–१४ को सेटमा पराजित गर्दै पुलिससँग सेमिफाइनलमा यात्रा पक्का गरेको हो । पहिलो सेटमा जित हात पारेको गण्डकीले दोश्रो सेटबाट आफ्नो लय गुमाउँदा उक्त प्रतियोगिताबाट बाहिरिनु पर्‍यो । न्यु डायमन्डसँग गण्डकीले लिगको पहिलो खेलमा पराजित भएको थियो । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा नयाँ खेलाडीहरूको साथ मैदानमा उत्रिएको गण्डकीले अन्ततः केही वर्ष अघि राखेको साख बचाउन सकेन ।

लगातार दोस्रो हार बेहोरेको रामपुर भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा रामपुरलाई नेपाल पुलिस क्लबले यसरी नै सोझो सेटमा पराजित गर्‍यो । ६ टिम मध्य रामपुर नयाँ खेलाडीहरू संलग्न टिम भएकोले राष्ट्रिय खेलाडीले भरिएका टिमसँग पराजित हुनु परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0