पोखरा । रूपा वाङ्मय प्रतिष्ठानले आयोजना गरेको विद्यालयस्तरीय खुला कविता प्रतियोगितामा डायमण्ड मा.वि.मा अध्ययनरत सृष्टि लामिछाने प्रथम भएकी छन् । सैनिक आवासीय महाविद्यालयका उमङ्ग कुँवर द्वितीय, त्रिभुवन शान्ति मा.वि.मा अध्ययनरत सुजता सापकोटा तृतीय बने । सान्त्वना पुरस्कार सैनिक आवासीय महाविद्यालयकी कृतिका रानाभाट र रूपज्योति मा.वि.मा अध्ययनरत ममता सुवेदीले जिते ।

 प्रतिष्ठानले विविध साहित्यिक, सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले हार्दिक आभार सहित सफल हुने र सहभागी हुने विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0