काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर टिकटकरहरू मिस पवि र अंशु बर्माले नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक पुनः सञ्चालनमा ल्याएकोमा धन्यवाद दिएका छन्। 

प्रधानमन्त्री निवास, बालुवाटारमा  भएको भेटमा उनीहरूले सरकारले टिकटक पुनः सञ्चालन गरिदिएकाले निर्वाध प्रयोग गरी लाभ लिन सकिएको बताएका हुन् । साथै भविष्यमा अघिल्लो सरकारले जस्तै यसलाई बन्द गर्ने खालको कुनै निर्णय नगरी व्यवस्थितरूपमा सञ्चालन गर्न उनीहरूले सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले पहिलेको सरकारले बन्द गरेजस्तो आदेशका भरमा आफूहरू सामाजिक सञ्जाल बन्द नगर्ने स्पष्ट गर्दै सार्वभौम संसद्ले बनाउने कानुनबमोजिम सञ्जाललाई व्यवस्थित गर्ने विश्वास दिलाए ।

अघिल्लो सरकारले २०८० कात्तिक २७ गते टिकटक सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो भने वर्तमान सरकारले गत भदौ ६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नेपाली कानुनको पालनाको शर्तसहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0