पोखरा । टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालामा भएको दोस्रो क्वालिफायरमा न्यु डायमन्डलाई ३–१ सेटले पराजित गर्दै आयोजक टोलीले फाइनल यात्रा तय गरेको हो ।
पहिलो सेट १६–२५ ले गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फाइनल यात्रा सुरक्षित गर्यो ।टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो २५–१५ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्यो । आयोजक टोलीले अब उपाधिका भोलि सशस्त्र प्रहरी बल एपीएफसँग खेल्नेछ ।
पराजित भएको न्यु डायमन्ड तेस्रो बनेको छ । तेस्रो बनेको न्यु डायमन्डले १ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
