पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ १० देखि सञ्चालित ‘३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आईटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक तथा चौथो मोबाइल मेलामा अवलोकनकर्ता दर्शकको उत्साहजनक सहभागिता बढेपछि २ दिन थप गरिएको महोत्सवका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले जानकारी दिएका छन् ।

 माघ १० गतेदेखि सुरु भएको यस महोत्सवको समापन माघ १९ गते भव्य रुपमा गर्ने आयोजकले तयारी गरेको छ । पोखराको प्रदर्शनी केन्द्र नयाँबजारमा जारी महोत्सवमा दर्शकको भीड बढेको छ । दर्शकको बाक्लो उपस्थिति संगै महोत्सव स्थलमा राखिएको स्टलहरूमा समेत उल्लेख्य कारोबार भएको महोत्सवका स्टल बिक्री संयोजक टिकाराम सुवेदी ’माधव’ले जानकारी दिए । 

महोत्सवमा विशेष गरी मोबाइल, कम्प्युटर, अटो, हस्तकला, घरायसी सामाग्री, लत्ता कपडा, श्रृङ्गारका सामाग्री, कृषिका सामाग्री सँगै तरकारी लगायतका सामाग्रीको ब्यापार बढेको सुवेदीले बताए । महोत्सवको सतौँ दिन लोक दोहोरी कलाकार चोलेन्द्र पौडेल, शिव हमाल, पार्वती जिसी, कृष्ण भटराई, रमा गौतम, केशब घिमिरे लगायतको प्रस्तुतीमा दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए ।

 महोत्सवको आठौँ दिन विहीवार भारतको राजस्थानको लोकनृत्यको साथमा कलाकारहरू चोलेन्द्र पौडेल, ज्योति लोहनी, रामजी पौडेल मन्जु बिक अमर धिताल लगायतको प्रस्तुती रहने सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए । मेलामा हरेक दिन प्रवेश टिकटमा गोलाप्रथाबाट ५ जनालाई मोबाइल तथा १० जनालाई बन्दीपुर केबलकारको टिकट उपहार दिइने व्यवस्था मिलाइएको छ भने टिकटक बनाउने प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार बराबरको उपहार प्राप्त गर्नेछ । भ्यूअर्सको आधारमा विजेता छनोट गरिने छ । 

आईटी महोत्सव अन्तर्गत पनि विभिन्न उपहार प्रदान गरिएको मेलामा प्रचार प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जनाए । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ १० देखि सञ्चालित मेलाको नेपाल उद्योग वाणिज्य महासङ्घ तथा महासङ्घ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवर्द्धन गरेका छन् ।

 ‘लगानीको सम्वर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आयोजित मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ,क्यान कास्की, नेपाल मोबाइल बितरक सङ्घ गण्डकी र सिएसआइटी एसोसियसनसँग सहकार्य गरेको छ । यस्तै, मधेश प्रदेश सरकार, नेपालस्थित भारतीय राजदूताबास,स्वामी विवेकानन्द कल्चरल सेण्टर,पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकीसँग पनि सहकार्य गरिएको छ । मेलाको मुख्य प्रायोजकमा बाल्ट्रा होम एप्लाइन्सेस, सहप्रायोजकमा समृद्धि स्टिल्स,लक्ष्मी इन्टरकन्टिनेण्टल (हुण्डाइ),सुजल डेरीको सफल दूध र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । मुक्तिनाथ विकास बैंकले मेलाको मुलद्वार प्रायोजन गरेको छ भने कृषि विकास बैंक लिमिटेड स्टेज प्रायोजक रहेको छ ।

 ग्लोबल आइएमइ बैंक लिमिटेड,गरिमा विकास बैंक लिमिटेड,नेपाल बैंक लिमिटेड,माछापुच्छ्रे बैक लिमिटेड,ग्रिन डेभलपमेण्ट बैंक लिमिटेड,कामना सेवा विकास बैंक लिमिटेड,नेपाल टेलिकम,याक ब्रोइङ कम्पनी,गृहलक्ष्मी ग्यास कम्पनी प्रालि,डाबर नेपाललगायतले मेलामा प्रायोजकको भूमिका निभाएका छन् । युनाइटेड अजोड इन्स्योरेन्स प्रालि इन्स्योरेन्स पार्टनर, पोखरा इन्टरनेट प्रालि इन्टरनेट पार्टनर,खल्ती डिजिटल वालेट पार्टनर र यती एयरलाइन्स अभिसियल एयरलाइन्स पार्टनर रहँदा कर्माचार्य फुड एण्ड ग्रेन्स प्रालि,अन्नपूर्ण फुड एण्ड बेभरेज प्रालिको सोल्टी पानी, ,बागमती प्लाष्टिक, बन्दीपुर केबलकार,फिस्टेल ड्रिम पार्क प्रालिले विभिन्न विधामा सहकार्य गरेका छन् । मेलाको हस्पिटल पार्टनरमा मनिपाल अस्पताल तथा हस्पिटालिटी पार्टनरमा चौतारी बुटिक होटल प्रालि,कुटी रिसोर्ट र होटल गोवा प्यालेस रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0