पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतीमा पाखरेलीहरूले भरपुर मनोरञ्जन लिएका छन । महोत्सवको ११ औं दिनमा रचना रिमालको सुगम सङ्गीत प्रस्तुतीमा युवाहरू रमाए  ।

रचनाले उनको प्रीति, फोटो फिरिममा, मिनरल वाटर, चाहन्छु, तिमी त पोखरेली, ढुङ्गेधारा लगायत एक दर्जन बढी गीत प्रस्तुती मार्फत दर्शकहरूलाई नचाइन् । त्यसैगरी साँझको लाइभ कन्सर्ट तर्फ पूर्ण राई एण्ड दाजुभाइको प्रस्तुतीमा युवाहरू झुमेका थिए ।

महोत्सव समापनको सङ्घारमा आइपुग्दा महोत्सवमा दर्शकको चाप बढ्दै गएको छ । महोत्सवमा दर्शकको चाप सँगै महोत्सवमा राखिएको स्टलमा समेत ब्यापार बढ्दो मात्रामा रहेको महोत्सव अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।

महोत्सवको अन्तिम दिन लोकदोहोरी तर्फ चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुती रहने महोत्सवका कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार साँझको लाइभ कन्सर्ट तर्फ जेम्सीको प्रस्तुती रहने छ ।

महोत्सवमा आयोजित विद्यालय स्तरीय प्रतियोगिताको समेत सोमबार फाइनल प्रतिस्पर्धा हुने छ  । फाइनलमा सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, बिभूति र सरस्वती विद्या सदन लामाचौर बीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।
महोत्सवको सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा अपरान्ह ३ बजे विशेष समारोहका बीच समापन गरिने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0