पोखरा । पोखरा १५ कार्यालयको आयोजनामा बुधबारदेखि आयोजनामा भएको वडा खेलकुद महोत्सव भव्य रुपमा सम्पन्न भएको वडाध्यक्ष तोरणबहादुर बानियाँले बताए । नागरिकलाई स्वस्थ राख्न तथा ग्रासरुटका खेलाडीले प्रतिभा देखाएर अगाडि बढून् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको भन्दै उनले यसले खेलाडी उत्पादनमा सहयोग गरेको दावी गरे । खेल महोत्सवकै कारण वडा भन्दा बाहिरका खेलमा समेत यस वडाका खेलाडीले राम्रो नतिजा ल्याउने गरेको उनको भनाइ छ ।
महोत्सव आयोजना गर्नको लागि पोखरा १५ मा रहेका गैरसरकारी संस्थाको सहयोग महत्वपूर्ण रहेको उनले खुलाए । आगामी संस्करणमा खेलका विधा थप्ने स्थानीय सङ्घ संस्थाको सहयोग समेतमा वृद्धि गर्ने योजना वडाको रहेको उनको भनाइ छ ।
महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीले उत्साहजनक रुपमा खेल महोत्सव सकिएको बताए । स्थानीय प्रतिभालाई अगाडि बढ्न यो प्रतियोगिताको आयोजनाले प्रोत्साहित गरेको उनको भनाइ छ ।
वडा खेलकुद महोत्सव अन्तरगत पुरूष फुटबलमा नयाँ गाउँ युवा क्लबले उपाधि जितेको छ । फाइनलमा प्रतिभा टोल विकास संस्थालाई पराजित गर्दै नयाँ गाउँले उपाधि जितेको हो । प्रतिभा उपविजेता बन्यो । पुरुष फुटबलमा कुल १३ टिमको सहभागिता रहेको वडा सचिव युवराज पौडेलले जानकारी दिए ।
विद्यालय फुटबल तर्फ वेलनन एकेडेमी विजेता बन्यो । फाइनलमा एस ओ एसलाई पराजित गर्दै वेलनन विजेता बनेको हो । कुल ११ टिमले सहभागिता जनाएको यस विधामा एस ओ एस उपविजेता बन्यो ।
महिला भलिबलतर्फ जनजागृति आमा समुहले उपाधि जित्दा एकता आमा समुह उपविजेता बन्यो । महिला भलिबलमा ७ टिमले प्रतिष्पर्धा गरेका थिए । पुरूष भलिबलमा ९ टिमले सहभागिता जनाएकोमा तल्लो नयाँ गाउँ टोल विकास प्रथम र चन्द्र सूर्य क्लब द्वितीय बने ।
युनी हक्की छात्र र छात्रा दुवैतर्फको उपाधि सेन्ट फ्रान्सिस स्कुलले जित्यो । छात्रतर्फ सेन्ट फ्रान्सिसले शुक्रराज बलभद्र माविलाई हरायो भने छात्रातर्फ कालिका माविलाई हराएको हो । छात्रतर्फ एसओएस हर्मन माइनर र छात्रातर्फ ज्ञानकुञ्ज एकेडेमी तृतीय भए । छात्रतर्फ ११ र छात्रा तर्फ १० टिमले सहभागिता जनाएका थिए ।
९ टिमले सहभागिता जनाएको महिला ब्याडमिन्टन डबलतर्फ बेलबोट आमा समूहका सीता थापा र जिमाया राना प्रथम भए । मितेरी आमा समूहका चन्द्रा तामाङ छन्त्याल र श्रीषा केसी दोस्रो बने । संगम टोलका लक्ष्मी लामा र पुष्पा पन्त एवं एकता आमा समूहका सुशीला पुर्जा र लालीकुमारी खान तेस्रो बने ।
७ जनाले सभागीता जनाएको महिला ब्याडमिन्टन सिंगलतर्फ मितेरी आमा समूहकी चन्द्रा तामाङ छन्त्याल प्रथम बनिन् । जनजागृतिकी गंगा नापित दोस्रो भईन् भने स्यानीपाटनकी सिर्जना गुरुङ र आदर्श आमा समूहकी छोमया पुन तेस्रो भए ।
१३ जनाले भाग लिएको पुरूष ब्याडमिन्टन सिंगलतर्फ तल्लो नयाँ गाउँका तोरण गुरुङ प्रथम, तल्लो सिमलबोट टोल विकास संस्थाका युवराज गुरूङ दोस्रो र कोलपाटन टोल विकास संस्थाका किरण आले र चन्द्रसूर्य क्लबका किस्मत गुरूङ तेस्रो भए ।
१८ टिमले पुरूष ब्याडमिन्टन डबलतर्फ तल्लो सिमलबोट टोल विकास संस्थाका युवराज गुरूङ र प्रकाश गुरूङ प्रथम, चन्द्रसूर्य क्लबका खुम गुरुङ र मनी प्रसाद गुरुङ दोस्रो, चार भाइ युवा क्लबका कृष्ण ब. गुरुङ र पूर्ण बहादुर जिसी तथा कोलपाटनका किरण आले र अमबहादुर खोरजा तेस्रो भए ।
१३ समुहले भाग लिएको महिला रस्साकस्सीमा जनजागृति आमा समूह प्रथम, संगमटोल आमा समूह दोस्रो बने ।
महिला सडक दौड ३ किमिमा ४८ जना सहभागी भएकोमा जनजागृतिकी पोम कुमारी बुढा प्रथम, संगमकी रुपा बरुलाल दोस्रो र एकताकी मोहनमाया राना तेस्रो बनिन् । यो विधामा ४८ जनाले भाग लिएका थिए ।
पुरुष सडक दौड ५ किमितर्फ नयाँ गाउँका ठाकुर बहादुर थापा प्रथम, कोलपाटनका ओमबहादृुर फोरजना दोस्रो र तल्लो नयाँ गाउँका कुल बहादुर गुरुङ तेस्रो भए । यो विधामा ५८ जनाले भाग लिएका थिए ।
४३ जनाले भाग लिएको छात्रा सडकदौड ३ किमिमा भ्यूप्वाइन्टकी सजिना सुनार प्रथम, सेन्ट मेरिजकी एलिशा कुँवर दोस्रो, सिद्ध माविकी श्रेया मगर तेस्रो बनिन् । ४७ जनाले भाग लिएको छात्र ५ किमि दौडमा एसओसएका टिजन बुढामगर प्रथम, हावर्ड एकेडेमीका मनिष पुन दोस्रो र एसओएसका अमन न्यौपाने तेस्रो भए ।
ह्विलचेयर दौडमा घना घर्तीमगर प्रथम, पुनम बिक दोस्रो र पवित्रा बिक तेस्रो भए । ह्विलचेयर दौडमा ५ जनाले प्रतिष्पर्धा गरेका थिए । ह्वीलचेयर बास्केटबलमा टीम ए रातो प्रथम र टीम बी निलो दोस्रो भए ।
छात्र साइक्लिङ १० किमितर्फ रत्नज्योति माविका मन्दिप केसी प्रथम, रत्न ज्योतिकै सरोज सारु मगर दोस्रो र सिद्ध माविका मनोज बिक तेस्रो भए । यो विधामा २१ जनाले भाग लिएका थिए ।
खेलकुद महोत्सव समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ लगायतले पुरस्कृत हुने खेलाडीलाई ट्रफि मेडल प्रमाणपत्र र नगद वितरण गरेका थिए । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ खेल महोत्सव आयोजना भएको हो ।
